दमक, २६ बैशाख । दमकमा मंगलबार साँझ पहिचानवादी पक्षधरहरुले निकालेको राँके जुलुसमा प्रहरीसँगको झडपमा सात जना घाइते भएका छन् ।
प्रहरीको गोली लागेर दुई जना आन्दोलनकारी घाइते भएका छन् । पाँच प्रहरी पनि घाइते भएको बताइएको छ ।
कोशी प्रदेश नामकरणको विरोधमा पहिचानवादी पक्षधर विभिन्न संघ–संस्थाले राँके जुलुस निकालेका थिए । जुलुस रोक्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।
आन्दोलनकारीहरुले शान्तिपूर्ण राँके जुलुमा प्रहरीले गोली चलाएर दमन गरेको दावी गरेको छ । प्रहरीले राँके जुलुसमा रहेका आन्दोलनकारीले प्रहरीमाथि नै आक्रमण गरेको दावी गरेका छन् ।
आन्दोलनको कार्यक्रमका अनुसार बैशाख २६ गते झापाको दमकमा राँके जुलुस निकाल्ने, बैशाख २८ गतेदेखि कोशी नाम खारेजी जागरण अभियान अन्तर्गत जिल्ला, आमसभा, संघर्ष समिति, विस्तार तालाबन्दी, कोशी नाम हटाउने र जलाउने मेट्ने, कालो झण्डा गाड्ने र ८२ प्रदेशसभा सदस्यलाई बहिस्कार गर्ने घोषणा गरिएको छ ।
Discussion about this post