झापा, ३ जेठ । नेकपा एकीकृत समाजवादी निकट मोर्चा सगठनले आज ७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीमाफर्त प्रधानमन्त्रीलाई भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन दबाब दिने उद्देश्यले ज्ञापन पत्र बुझाएको छ ।
सोही कार्यक्रम अन्तरगत झापामा पनि नेकपा एस निकट मोर्चा सगठनले झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई ज्ञापन पत्र बुझाएको हो ।
कार्यक्रममा नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष देबी बरालको नेतृत्वमा गएको टिमले ज्ञापन पत्र बुझाएका हुन ।
कार्यक्रममा नेताहरु तारा रुचाल, पदम सुब्बा, देबी अधिकारी, पर्शुराम शंकर, देउधन राई, इन्द्र निरौला, मीना राजवंशी, प्रेम सागर सापकोटा, लक्ष्मण पोखरेल लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको एसका झापा सचिव विपी भट्टराईले जानकारी दिए ।
Discussion about this post