झापा, ५ जेठ । ‘झापाको छोरा इलामको भान्जाका रुपमा परिचित बिर्तामोडका अर्नभ बन ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ को फाइनल राउण्डमा प्रवेश गरेसँगै देशभर उनलाई भोटिङ गर्नेको संख्या बढेको छ ।
बिर्तामोडको ग्रीन फिल वल्र्ड स्कुलमा अध्ययनरत १२ बर्षीय अर्नभलाई भोटिङ राउण्डमा प्रवेश गरेदेखि नै देशभरका विभिन्न ठाउँमा ग्रुप बनाउँदै भोटिङ गरेर समर्थकले फिनालेसम्म पुर्याएका हुन् ।
उनी अध्ययनरत बिद्यालयका बिद्यार्थीहरुले समेत विभिन्न समुह बनाएर उनलाई भोटिङ गर्दै विजेता बनाउन सबै समक्ष आग्रह गरिरहेका छन् ।
अर्नभको स्वर र प्रस्तुतीकै कारण जज र समर्थकको रोजाईमा परेका उनलाई शुक्रवार (आज) बेलुका ८ बजे भन्दा अघिसम्म भोट गर्न सकिनेछ ।
भोटिङ राउण्ड टप २४ बाट १६ हुँदै टप ८ (फिनाले) राउण्डमा प्रवेश गरेका अर्नभलाई भोटिङ गर्नका लागि झापा, इलामसहित देशभर नै समुह गठन गरिएको छ । झापाको बिर्तामोड, बुधवारे, दमक, चन्द्रगढी, धुलाबारी, इलामको फिक्कल, इलाम बजार, कन्याम, पशुपतिनगर, काठमाडौंसहित विभिन्न स्थानमा अर्नभका समर्थकले समुह बनाएर भोटिङ गरिरहेका छन् । ६८ प्रतिशत भोट अर्नभको पक्षमा झरिसकेकोे सर्वेक्षणका क्रममा देखिएको जनाइएको छ ।
सानैदेखि गीत संगीतमा रुचि राख्दै आएका अर्नभलाई धेरै भन्दा धेरै भोट गरेर फिनालेमा विजेता बनाइदिन उनका बुबा आशिष बनले सम्पूर्णमा आग्रह गरेका छन् । त्यस्तै अर्नभकी आमा जीना सापकोटा बनले टिम प्रविशामा रहेका अर्नभलाई खल्ती एप्प डाउनलोड गरेर भोट गरी विजेता बनाउन सवै समक्ष अनुरोध गरेकी छन् ।
गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ को फाइनल राउण्ड हिमालय टेलिभिजनमा जेठ ५ गते शुक्रबार राती ८ बजे प्रशारण हुनेछ ।
Discussion about this post