मेचीनगर, ११ जेठ । मेचीनगर नगरपालिकाको युवा परिषद अध्यक्षमा कृष्ण काफ्ले मनोनित भएका छन् ।
मेचीनगर नगरपालिका कार्यापालिकाको २०७९ चैत ८ गते बसेको बैठकले मेचीनगर–६ स्थित काँकरभिट्टाका युवा समाजसेवी काफ्लेलाई युवा परिषदको अध्यक्षमा मनोनित गरेको हो ।
२१ सदस्य रहेको परिषदको सदस्यमा अनुज दाहाल, योगेश राजवंशी, विवेक खवास, डालिम खड्का, गणेश कार्की लगायत रहेका छन् ।
साथै बाँकी रहेका सदस्यहरु १५ वटै वडाबाट प्रतिनिधित्व हुनेगरी थप गरिने बताइएको छ ।




Discussion about this post