मेचीनगर, २२ जेठ । झापामा लगातार अत्याधिक गर्मीका कारण एकजना बृद्धकोे आइतबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका–८ का ७८ बर्षीय मोतिराज राई रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दिउँसो घाँस काट्न मकै बारीमा पुगेका उनी अत्याधिक गर्मीका कारण ढलेका थिए । घटनास्थलमै उनको मृत्यु भएको ८ नम्बर वडाका वडाध्यक्ष दीपेश दाहालले बताए ।
उनको शवलाई पोष्टमार्टमका लागि दमक अस्पतालमा राखिएको उनले वडाध्यक्षले जानकारी दिए ।
झापामा एक हप्तादेखि दैनिक ४० देखि ४१ डिग्री सेल्सियस तापक्रम रहेको छ । झापाका पन्ध्रै वटा पालिकाले गर्मीका कारण बर्षे विदाबाट कट्टी हुने गरी विद्यालय विदा गरेका छन् ।
Discussion about this post