५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

यु–२० रग्वी : फाइनल खेलको समिकरण पुरा

जेष्ठ २७, २०८०, ३:५८ .शनिबार
0
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

इलाम, २७ जेठ । नेपाल रग्वी संघको आयोजनामा इलामको माई नगरपालिका–४ शुक्रबारे खेल मैदानमा जारी यु–२० रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

प्रतियोगिताको पहिलो दिनको खेल सम्पन्न भएसंगै महिला र पुरुषतर्फ फाइनल खेल्ने टिम पक्का भएको हो ।

प्रतियोगिताको पुरुषतर्फ कर्णाली रग्वी क्लब र कटारी रग्वी क्लब भिड्ने भएका छन् । महिलातर्फ हेटौडा रगर्स र हिमालयन टाइगर भिड्नेछन् । पुरुष समुह ए बाट २ जितका साथ विजेताको रुपमा कर्णालीले सेमिफाइनलमा स्थान बनाएको थियो ।

त्यसैगरी १ जित र १ हारका साथ कटारी उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । २ टोली मात्र रहेको समुह बीमा हिमालन विरुद्धको जितका साथ हेटौडा समुह विजेताको रुपमा सेमीफाइनल पुगेको हो ।

महिलातर्फ २ जितका साथ समुह ए मा विजेताको रुपमा कटारी सेमीफाइनल पुगेको थियो । १ जित र १ हारका साथ कर्णाली उपविजेता बनेको थियो । २ टिम रहेको समुह बीमा हिमालयन टाइगरलाई हराउँदै हेटौडा सेमीफाइनल पुगेको हो ।

प्रतियोगितामा पुरुषतर्फ कर्णालीले हिमालय टाइगरलाई ३१–५ अन्तर हराएको हो । त्यसैगरी कटारीले हेटौडालाई ७–० अन्तरले हराएको हो । महिलातर्फ हिमालयन टाइगरले कटारी रग्वी क्लबलाई ५–० ले हराएको हो ।

त्यसैगरी हेटौडा रगर्सले कर्णाली रग्वी क्लबलाई ३६–० ले हराएको फाइनल पुगेको हो । आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा पुरुषतर्फ कर्णालीले बर्दिबास रग्वी क्लबलाई २९–० ले हराउन सफल रहेको थियो ।

हेटौडाले हिमालयन टाइगरलाई १२–० ले हराएको थियो । कटारीले बर्दिबासलाई १९–० ले हराएको छ । कर्णालीले कटारीलाई २९–० ले हराएको छ । महिला तर्फ पहिलो खेलमा कटारीले बर्दिबासलाई १०–० ले हराएको थियो । कटारीले कर्णालीलाई १२–५ ले हराएको छ । हेटौडाले हिमालयन टाइगरलाई २५–० ले हराएको छ ।

कर्णालीले बर्दिबासलाई ५–० ले हराएको छ । फाइनल खेल शनिबार हुनेछ । नेपाल रग्वी संघ कोशी प्रदेश समिति, नेपाल रग्वी संघ इलाम र नेपाल रग्वी संघ माई नगरको समन्वयमा आयोजित प्रतियोगितामा महिला र पुरुषतर्फ ५÷५ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको उद्घाटन माई नगर प्रमुख खम्ब सिं लिम्बुले गरेका थिए । नेपाल रग्वी संघका बरिष्ठ उपाध्यक्ष चेतनराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा माई नगर प्रमुख खम्ब सिं लिम्बुको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर प्रमुख लिम्बु, नेपाल रग्वी संघका महासचिव गोविन्द घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतियोगिताबाट आगामी अगष्टमा नेपालमा हुने यु–२० एसिया रग्वी सेभेन्स प्रतियोगिताको लागि नेपाली टिम छनौट हुनेछ । प्रतियोगिताको खेलाडी छनौटका लागि नेपालका प्रमुख प्रशिक्षक व्इिजे सिङ्गे समेत माई नगरपालिका आएका छन् ।

पछिल्लो समाचार

विद्युत नियमित गर्न होटल व्यवसायीको माग

अघिल्लो समाचार

चरा संरक्षण समाजकाे कार्यालय उद्घाटन

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.