मेचीनगर, ४ असार । प्रेस क्लब मेचीनगरको ९ औँ स्थापना दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
‘सञ्चार क्षेत्रका चुनौती र समाधानका उपाय’ विषयमा आज मेचीनगरका पत्रकारहरुको साझा संस्था प्रेस क्लब मेचीनगरले सो कार्यक्रमको आयोजना गरेको हो ।
अन्तरक्रियामा सहभागी नगरका अग्रज सञ्चारकर्मीहरुले समाजले पत्याउने खालको पत्रकारिता नगरेकोमा चिन्ता व्यक्त गरेका छन् ।
पाठकहरु पत्रकार भन्दा जान्ने बुझ्ने भएकाले समाजले बिश्वास गर्ने प्रकारको हुनु पर्ने वक्ताहरुको जोड थियो । पत्रकारहरु एकजुट नभएकै कारण स्थानीय सरकारले नगरका मिडियाहरुलाई विभेद गरेको बताएका छन् । एकजुट भएर स्थानीय सरकारको निरन्तर खवरदारी आवश्यक रहेको अग्रजहरुको ठम्याई छ ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजीको प्रमुख आतिथ्यतमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा पत्रकारितामा देखिएका आम चुनौतीसगैँ पत्रकार महासंघले थालेको पत्रकार शुद्धिकरणका विषयमा पनि व्यापक छलफल भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि काजी, प्रेस क्लब मेचीनगरका पूर्व अध्यक्षहरु सन्तोष आचार्य, ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, लक्ष्मी उप्रेती, मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चौलागाइँ, नारी सञ्चार गृह झापाकी पूर्वअध्यक्ष अम्बिका भण्डारी, अग्रज पत्रकार जिएन शर्मा, पत्रकार राजेन्द्र गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्लबका अध्यक्ष डम्बर बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत सचिव देबु बानिँयाले र सञ्चालन सदस्य गगन ढकालले गरेका थिए ।
Discussion about this post