बाहुनडाँगी, १६ असार । मेचीनगर नगरपालिका–४ ले वडाबासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
वडा कार्यालयले साउन १ गतेदेखि लागु हुने गरी वडाबासीको लागि जिल्लाभर निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो ।
वडाध्यक्ष अर्जुनकुमार कार्कीले चुनावी घोषणा बमोजिम आफ्नो नेतृत्वमा रहेको मेचीनगर–४ वडा कार्यालयले वडाका आकस्मिक तथा विशेष विरामीहरूलाई जिल्लाभर एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने निर्णय गरेको बताए ।
‘विकास निर्माणसँगै जनताको लागि वडामा धेरै काम गर्नुपर्ने छ’, वडाध्यक्ष कार्कीले भने –‘अहिले वडाबासीको दुःखमा थोरै भएपनि मलम पट्टी लगाउने काम गरिएको छ ।’
वडाध्यक्ष कार्कीसंगै वडा सदस्यहरु नुरबहादुर कार्की, पवन बराइली, गीता थापा लुङ्गेली र धनमाया कोइराला वडावासीको सेवामा सक्रिय भइर लागेका छन् ।
वडाको आफ्नो एम्बुलेन्स नभएपनि विरामीलाई सहजरुपमा अस्पताल पुर्याउने उद्देश्यले यो सेवा दिने निर्णय गरिएको कार्कीले बताए ।
उनले भारतको कोलकोता स्थित नेपाली महाबाणिज्य दुताबास मार्फत भारत सरकारलाई निःशुल्क एम्बुलेन्स प्रदान गर्नका लागि निवेदन दिइएको वडाध्यक्ष कार्कीको भनाई छ ।
Discussion about this post