३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

संस्थापक सम्मानित

एक्सेलको खुद नाफा ४ करोड ४९ लाख

असार १७, २०८०, २:२३ .आइतवार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १७ असार । एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक संकटको बेला पनि आफ्नो कारोवारमा वृद्धि गर्न सफल भएको छ ।

बैंकले विगतको भन्दा चालू आर्थिक वर्षमा निक्षेप संकलन र कर्जा लगानीमा वृद्धि गर्न सफल भएको बैंकको शनिवार सम्पन्न १७ औं वार्षिक साधारण सभामा जानकारी दिइएको छ ।

साधारण सभामा बैंकको वित्तीय अवस्था बारे जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत (सीइओ) इन्द्रकुमार कट्टेलले चालू आर्थिक वर्ष २०७९÷०८० मा १३ अर्ब २५ करोड रुपैयाँ बचत (निक्षेप) संकलन भएको बताए ।

त्यसअघिको आर्थिक वर्ष २०७८÷०७९ मा निक्षेप संकलन १२ अर्ब १७ करोड ३१ लाख १२ हजार रुपैयाँ थियो । कोरोना महामारी र विश्वव्यापी वित्तीय संकटका बेला यसरी बचत संकलनमा वृद्धि हुनुलाई बैंकले उपलब्धिको रुपमा लिएको छ ।

बैंकले चालू आव २०७९÷०८० को नौ महिनामा नै कर्जा लगानी १० अर्ब ७९ करोड २७ लाख ३४ हजार रुपैयाँ पुर्याएको जनाएको छ । अघिल्लो आव आव २०७८÷०७९ मा १० अर्ब ५० करोड ४० लाख ७० हजार रुपैयाँ कर्जा लगानी भएको थियो ।

आर्थिक गतिविधि बढाउन सफलता पाएको एक्सेल बैंकले अरु बैंकले झैं मुनाफा आर्जनमा भने अपेक्षित उपलब्धि हासिल गर्न सकेन ।
साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले चालू आवको नौ महिनामा ४ करोड ४९ लाख ५७ हजार रुपैयाँ मात्र खुद नाफा भएको जानकारी दिए । आव २०७८÷०७९ मा खुद नाफा ९ करोड ६४ लाख ५६ हजार रुपैयाँ थियो ।

कोरोना महामारी पश्चात बैंकको नाफामा गिरावट आएको देखिन्छ । आव २०७७÷०७८ मा बैंकले १३ करोड ३६ लाख ८२ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

कोरोना महामारी, आर्थिक मन्दी र बैंक विरोधी गतिविधिका कारण बैंकको आर्थिक प्रगतिमा नकारात्मक प्रभाव परेको जनाउँदै सीइओ कट्टेलले आगामी वर्षदेखि प्रभावकारी परिणाम र परिवर्तनका सकारात्मक सूचकहरु देखा पर्ने विश्वास सभालाई दिलाए ।

कोशी प्रदेशको झापा, इलाम, पाँचथर, सुनसरी र मोरङ गरी पाँच जिल्लामा एक्सेल बैंकका ४४ शाखा सञ्चालनमा छन् । आगामी वर्ष कोशी प्रदेशका थप जिल्लामा ३ वटा शाखा विस्तार गरिने बताइएको छ ।

सञ्चालक समितिका अध्यक्ष गोयलको अध्यक्षतामा भएको साधारण सभामा संस्थापक सञ्चालकहरु गणेशप्रसाद खनाल र सुरेशप्रसाद अग्रवालले रचनात्मक सुझावसहित मन्तब्य व्यक्त गरेका थिए ।

कम्पनीका सचिव श्यामबहादुर बोहोराले सभाको सञ्चालन र सीइओ कट्टेलले बैंकको वत्र्तमान अवस्था र भावी कार्ययोजनाका बारेमा धारणा राखेका थिए ।

संस्थापक गणेशप्रसाद खनाललाई सो अवसरमा सम्मानित गरिएको थियो । सभामा सञ्चालक समितिका सदस्यहरु राजन शर्मा, अमितकुमार अग्रवाल, पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल, पेशलराज पोखरेल र शुष्मा शर्माको उपस्थिति रहेको थियो ।

साधारण सभामा बैंकका शेयरधनी, सञ्चालक समितिका पूर्व पदाधिकारी, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समाचार

वनमा फोहोर फ्याँक्नेलाई कारवाही

अघिल्लो समाचार

‘कोशी प्रदेश’ को नाम मेट्दै पहिचानबादी

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.