धुलाबारी, १७ असार । खुट्टीडाँगी सामुदायिक वन उपभोक्ता समूहले जथाभावी फोहोर फ्याँक्नेलाई कारवाही गर्ने भएको छ ।
मेचीनगर-९ स्थित वन क्षेत्रमा जथाभावी फोहोर फ्याँक्ने क्रम बढेपछि समितिले कारवाही गर्ने भएको हाे ।
शनिबार स्थानीय संघ-संस्था तथा उपभोक्ता समितिले सरसफाइ गरेको थियो । सरसफाइका क्रममा वन परिसर क्षेत्रमा फोहोरको डंगुर भेटिएको थियो । वरिपरि बस्ती भएकाले स्थानीय तथा बाहिरका व्यक्तिले वन परिसरलाई डम्पिङ साइट बनाएका छन् ।
सरसफाइका क्रममा वनको उत्तरी क्षेत्रमा वियरका बतल, प्लाष्टिजन्य वस्तु भेटिएको थियो । सरसफाइमा स्थानीय रिदम नेपालले पनि सहयोग गरेको थियो ।
क्लबका अध्यक्ष रुद्र रोक्का तथा कोषाध्यक्ष इन्द्र ढकालले वन क्षेत्रलाई सफा बनाउने अभियानमा जोडिएको बताए ।
वन समितिले जथाभावी फोहोर नफ्याँक्न आग्रह गरेको छ । वन क्षेत्रमा फोहोर फालेको भेटिए ५ हजार रूपैयाँसम्म जरिवाना लिइने वन समितिका अध्यक्ष टंक बहादुर नेपालले बताए ।
उनले फोहोर फाल्ने व्यक्तिको सूचना दिनेलाई पुरस्कृत र फोहोर फ्याँक्नेलाई दण्डित गरिने बताए ।
पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको साे वनलाई सफा र हराभरा बनाउने समितिको उदेश्य छ ।
त्यसैले वन क्षेत्रको वातावरण स्वच्छ र सफा राख्न सबै पक्ष लाग्नु पर्ने वन समितिका कार्यालय सचिव राजु धिमालले जानकारी दिए ।
Discussion about this post