झापा, २३ असार । कोशी प्रदेशका मुख्यन्त्री उद्वव थापाले आफूलाई विश्वासको मत प्राप्त हुने दावी गरेका छन् ।
आज बिर्तामोडमा नेपाली कांग्रेस झापाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले आगामी एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने र आफूलाई प्रदेश सभामा विश्वासको मत प्राप्त हुने दावी गरेका हुन् ।
‘३० दिनपछि विश्वासको मत प्राप्त भएपछि पदीय जिम्मेवारी सुरु हुनेछ’ थापाले भने, –‘वहुमत प्राप्त भएपछि गठबन्धन दलको सरकारले ४ बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नेछ ।’
उनले विश्वासको मत प्राप्त भएपछि जनअपेक्षा र स्थानीय आवश्यकताका आधारमा छलफल गरेर बजेटमार्फत सम्बोधन गर्ने धारणा राखेका छन् ।
उनका अनुसार सबैको सद्भाव र इच्छाशक्तिका कारण आफू मुख्यमन्त्री बनेको र यो सबैको उपलब्धी भएको हो ।
Discussion about this post