४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘चुचुरोमा पुग्न ७०० मिटर बाँकी हुँदा हातको औँला हिउँले खायो’

असार २५, २०८०, ४:३७ .सोमवार
0
0
0
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ असार । मेचीनगर–१५ स्थित ज्यामिरगढीका २६ वर्षीय जयराम दाहालले ८ हजार १०० मिटरको उचाई आरोहण गरे पनि सगरमाथा चढन सकेनन् । तर, त्यहाँ सम्मको अनुभव सुनाएका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि गत चैतमा उनी सगरमाथा मिसनमा गएका थिए । तर, सफल भएनन् । चुचुरोमा पुग्न ७०० मिटर मात्र बाँकी रहँदा दाहिने हातको औला हिउँले खाएर घाइते भएपछि उनी फर्किन बाध्य भए ।

हिमाल पदयात्रा सम्बन्धी गाइडको रुपमा लामो समयदेखि कार्यरत दाहालले सगरमाथा आरोहणमा जाँदाको रोमाञ्चक अनुभूति आइतबार मेचीनगरका सञ्चारकर्मीहरुलाई सुनाए ।

‘सगरमाथा चढ्ने मेरो सानैदेखिको ईच्छा थियो,’ उनले भने–‘यसपटक हिउँले औला खाएका कारण चुचुरोको नजिकै पुगेर फर्किन बाध्य भए । आउँदो साल चुचुरोमा पुगेरै आउँछु ।’ प्रायः सगरमाथा चढ्ने सिजन भनेको चैत र वैशाख हो ।

नेपालमा ८००० मिटर माथिका १४ वटा चुचुरो रहेको र ती सबैको आरोहण जीवनमरणको सवाल बन्ने उनले बताए ।यसअघि उनले सगरमाथा नजिकैको ६००० मिटर माथिको आइल्यान्ड चुचुरोको सफलतापूर्वक आरोहण गरेर प्रमाणपत्र पाइसकेका छन् । आइल्यान्ड चुचुरो अमादब्लम र ल्होत्से हिमालको बीचमा पर्दछ ।

प्रायः आरोहीहरुले साथमा गाइड, भरिया, भान्से र लियाजो अफिसर लिएर जाने गर्दछन् । तर, दाहाल एक्लै आरोहणमा गएका थिए । आरोहणमा १८ लाख रुपैयाँ निजी खर्च भएको र सो रकम विगतमा ट्रेकिङ गाइडको काम गर्दा आर्जेको रकम रहेको उनले बताए ।

आरोही जयराम मेचीनगरकी पत्रकार रीता दाहालकी भाइ हुन् । उनी ट्राभल भ्लग र फेसबुक पेज चलाउछन् ।
आरोहणमा परिवारका सदस्य र शुभचिन्तकहरुको हौसला र सपोर्ट रहेको उनले बताए । भविष्यमा विश्वका सात मुलुकमा रहेका उच्च हिमशिखरको आरोहण गर्ने आफ्नो लक्ष्य रहेको उनले सुनाए ।

प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिव देबु बानियाँले गरेका थिए ।

 

पछिल्लो समाचार

ट्राफिक नियम पालना गरे दुर्घटना हुँदैन : डीआईजी बाँस्तोला

अघिल्लो समाचार

सेफ्टी ट्यांकीमा डुबेका बालककाे अवस्था गम्भीर

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.