मेचीनगर, २५ असार । धुलाबारी स्थित एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर ८ बर्षीय बालक गम्भीर घाइते भएका छन् ।
मेचीनगर-१० स्थित धुलाबारी निन्दा पेट्रोलपम्प छेउमा रहेको सानो साथी किन्डर गार्टेनकाे शौचालयको सेफ्टी ट्यांकीमा डुबेर साेहि ठाउँकी ओमशान्तिकी तान्चाेव लिम्बु गम्भीर घाइते बनेका हुन् ।
उनलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल लगिएको थियाे । उनकाे भेन्टिलेटरमा उपचार भइरहेको छ ।
आज दिउँसो साढे १२ बजे खाना खाइसकेपछि बालकलाई कोठामा नभेटिएको र खोजी गर्दा सेफ्टी ट्यांकीमा डुबेर बेहोस अवस्थामा भेटिएको मन्टेश्वरीकी व्यवस्थापक अनिशा पोखरेलले बताइन् ।
सेफ्टी ट्यांकी माथि मक्किएको प्लाइ मात्रै राखेर मन्टेश्वरीले दुर्घटना निम्त्याएको साेहि वडाका वडाध्यक्ष नारायण खनालले बताए ।
‘बालबालिकाहरुलाई सिकाउने ठाउँमै यस्तो लापरवाही गरिएको छ, उनले भने -‘सेफ्टी ट्यांकी जस्तो कुरामा हेल्चेक्र्याई भयाे ।’
२०७० सालमा स्थापना भएको यस मन्टेश्वरीमा अहिले ६३ जना बालबालिकाहरु अध्यनरत् छन् ।
पिजीदेखि कक्षा १ सम्म पढाइ हुने साे मन्टेश्वरीका सञ्चालक मनोज गुरुङ हुन् ।
भेन्टिलेटरमा उपचार गरिरहेकी तान्चाेवकाे अवस्था चिन्ताजनक रहेकाे वडाध्यक्ष खनालले बताए ।
(नाेट : याे समाचारमा जनप्रतिनिधि र प्रहरीले बालिका घाइते भनेर दिएकाे जानकारी गलत भएकोले सच्चाइएकाे छ-सम्पादक)
Discussion about this post