मेचीनगर, २५ असार । मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेका बालककाे टाउकाेमा पानी जमेकाेले अवस्था गम्भीर रहेकाे छ ।
मेचीनगर-१० स्थित धुलाबारी निन्दा पेट्रोलपम्प छेउमा रहेको सानो साथी किन्डर गार्टेनको शौचालयको सेफ्टी ट्यांकीमा आज दिउँसाे साढे १२वजे डुबेका साेहि ठाउँ सुव्बा वस्तीका तान्चाेक लिम्बु गम्भीर घाइते बनेका थिए ।
उनलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल लगिएको थियाे । उनकाे भेन्टिलेटरमा उपचार भइरहेको छ ।
अस्पतालका चिकित्सकका अनुसार बालककाे टाउकाेमा पानी जमेकाे छ । डुव्दा पानी धेरै खाएकाले पेटकाे ठुलाे आन्द्रामा समेत समस्या आएको र निमाेनिया समेत भएको चिकित्सककाे भनाई छ ।
१२ बजे खाना खाइसकेपछि बालकलाई कोठामा नभेटिएको र खोजी गर्दा सेफ्टी ट्यांकीमा डुबेर बेहोस अवस्थामा भेटिएको थियाे ।
सेफ्टी ट्यांकी माथि मक्किएको प्लाइ मात्रैले छाेपेर राखेकाेले मन्टेश्वरीले दुर्घटना निम्त्याएको साेहि वडाका वडाध्यक्ष नारायण खनालले बताए ।
२०७० सालमा स्थापना भएको यस मन्टेश्वरीमा अहिले ६३ जना बालबालिकाहरु अध्यनरत् छन् ।
पिजीदेखि कक्षा १ सम्म पढाइ हुने साे मन्टेश्वरीका सञ्चालक मनोज गुरुङ हुन् ।
सञ्चालक गुरूङले सेफ्टी ट्यांकीमा डुवेकाे थाहा पाएपछि आफै ट्याङ्कीबाट निकालेर अस्पताल पुर्याएकाे बताइएकाे छ । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेकाे छ ।
Discussion about this post