२७ फाल्गुन २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापामा पनि विद्युतीय गाडीको आकर्षण बढ्दै

असार २५, २०८०, २:४५ .सोमवार
0
0
0
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter
फोटोहरु : बिर्तामोड र दमक बसपार्क छेउको चार्जर स्टेशन ।

मेचीनगर, २५ असार । पेट्रोलियम पदार्थको अभाव झेलिरहेको नेपालले विद्युतीय गाडीको आयतसँगै ग्राहकको आकर्षण बढ्न थालेको छ ।

चीनले उत्पादन गरेको विद्युतिय गाडी नेपालमा पर्यावरणीय सन्तुलनको हिसावले पेट्रोल–डिजेलको विकल्पको रुपमा लिइएको छ ।

जसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिन थालेको छ । नेपालमा बीवाईडी, किया, महिन्द्रा, हुन्डाई लगायतका विभिन्न कम्पनीका विद्युतीय गाडी बिक्री भइरहेका छन् ।

पछिल्लो ५ वर्षयता, सडकमा फाट्टफुट्ट देखिने विद्युतीय गाडीको संख्या अहिले ह्वातै बढेको छ । नेपालमा विद्युतीय गाडी बिक्री गर्दै आएका कम्पनीहरु पनि विद्युतीय गाडी खरिद गर्न चाहाने ग्राहकको संख्या बढ्दै गएको दावी गर्छन् ।

बीवाईडी एट्टो ३ मा ६० र १०० किलोवाट आवरको ब्लेड ब्याट्री प्रयोग गरिएको छ । डीसी फास्ट चार्जरको सहयोगले यसको ब्याट्रीलाई ५० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले विभिन्न मोडलका नयाँ–नयाँ विद्युतीय गाडीहरु नेपालमा भित्राइरहेको छ । कम्पनीले हाल बीवाईडीका ई ६, नयाँ जेनेरेशन ई ६, एम ३ भ्यान र टी ३ कार्गो भ्यान बिक्री गर्दै आएको छ ।

‘नयाँ गाडी सार्वजनिक भएसँगै चासो राख्ने ग्राहक बढेका छन’, बिक्रेता कम्पनीका एक मेनेजरले भने, ‘बैंकको ब्याजदर र फाइनान्सिङ लगायतका समस्याका कारण बुकिङ धेरै बढेको छैन ।’

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीे पनि अहिले विद्युतीय कारमा हुइँकिन थालेकी छन् । माओवादी केन्द्रका नेता वर्षमान पुन, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ लगायतले पनि पेट्रोल–डिजेलको गाडी चढ्न छाडेर विद्युतीय गाडी चढ्न थालेका छन् ।

नेपालको प्राकृतिक विविधता, जलवायू परिवर्तनको असर न्यूनीकरण र यहाँको पर्यटनलाई जिवन्त राख्न पनि युवा पुस्ताले पेट्रोलियम पदार्थको प्रयोग छाडेर विद्युतीय गाडीलाई प्राथमिकता दिनुपर्ने सुझाव विज्ञहरुको छ ।

सो प्रकृतिका गाडीहरु अहिले झापामा पनि छ्याप छ्याप्ती रुपमा कुदिरहेका छन् । काँकरभिट्टाको दिव्यज्वोती आँखा अस्पतालले सञ्चालन गर्दे आएको २०२३ मोडलको प्रदेश नम्बर ०१–०२८ च ३७९० बीवाईडी कम्पनीको ६ सिटे सुविधायुक्त गाडीका चालक राम मगरले पेट्रोल–डिजेलको गाडी भन्दा सस्तो, छिटो, सहज र आरामसँग यात्रा गर्न सकिने बताए ।

सो गाडीमा यात्रा गर्ने एक यात्रुका अनुसार लहानसम्म यात्रा गर्दा सहज भएको छ, भाडा पनि सस्तो रहेछ । पूर्वी नाका काँकरभिट्टाबाट पनि विद्युतीय गाडीहरु धरान, विराटनगर तथा लहानसम्म कुद्ने गरेका छन् ।

यो गाडीको मुल्य ४७ लाख रुपैयाँ रहेको बताइएको छ । झापामा केहि व्यवसायी यो प्रकृतिको विद्युतीय गाडी किन्ने पक्षमा रहेको बुझिएको छ । चालक मगरका अनुसार एकपटक फुल चार्ज गर्दा २०० किलोमिटर सम्म पुग्न सकिनेछ । झापामा चार्जर स्टेशन बिर्तामोड र दमकमा छ ।

१० देखि १५ मिनेटसम्ममा चार्ज गर्दा १०० प्रतिशत चार्ज हुने उनले जानकारी दिए । सो गाडीकोे ब्याट्री, मोटर, कनेक्टेट वेयर, टायर सबै चार्ज हुने बताइएको छ ।

पूर्वपश्चिम राजमार्गको मुख्य शहरहरुमा विद्युतीय गाडीको चार्जर स्टेशन राखिएको छ । तर, पूर्वी भेगको पहाडी क्षेत्रमा भने चार्जर स्टेशनहरु नभएको चालक मगरको भनाई छ ।

पछिल्लो समाचार

बालककाे टाउकाेमा पानी जमेकाले अवस्था गम्भीर 

अघिल्लो समाचार

चौतारीले गर्यो अग्रज पत्रकार पाठकलाई सहयोग

Related Posts

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र
box -2

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र

फाल्गुन २६, २०८२, ४:०९ .मङ्लबार
सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित
box -3

सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित

फाल्गुन २४, २०८२, ८:१४ .आइतवार
झापा जिल्ला रास्वपाको क्लीन स्वीप
banner

झापा जिल्ला रास्वपाको क्लीन स्वीप

फाल्गुन २४, २०८२, ५:५१ .आइतवार
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित
banner -2

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

फाल्गुन २३, २०८२, ३:३८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.