झापा, २६ असार । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले सोमबार जिल्लाका अग्रज पत्रकार नेत्र पाठकलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।
पत्रकार पाठक प्रेस चौतारी नेपाल झापाका प्रथम (संस्थापक) अध्यक्ष हुन ।
उपचार पश्चात आफनै निवास विर्तामोड–४ स्थित मेथीबारी टोलमा स्वास्थ्य लाभ गरिरहेका अग्रज पत्रकार पाठकलाई प्रेस चौतारी नेपाल झापाले नगद ५१ हजार १ सय रुपैयाँ हस्तान्तरण गरेको छ ।
प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोष र पत्रकारहरु बीच संकलन गरिएको रकम बिर्तामोड स्थित निवासमा पुगेर हस्तान्तरण गरिएको संगठनका अध्यक्ष मनकुमार गदालले जानकारी दिए ।
सो रकम चौतारीको टोलीले निवासमै पुगेर पाठककी श्रीमती सीता पाठकलाई प्रेस चौतारी नेपालको पूर्व मेची अञ्चल कमिटी सचिव सुब्रत न्यौपोनले हस्तान्तरण गरेका थिए ।
पाठकलाई प्रेस चौतारी नेपालको पूर्व मेची अञ्चल कमिटी सचिव न्यौपोनको संयोजकत्वमा सहयोग रकम संकलन गरिएको थियो ।
पाठकको स्वास्थ्य लाभको कामना गर्न संयोजक न्यौपाने, प्रेस चौतारी झापा अध्यक्ष गदाल, पूर्व अध्यक्ष गोपाल काफले, जिल्ला इन्चार्ज सन्तोष आचार्य, कोशी प्रदेश कमिटी सदस्य रमेश तिवारी , जिल्ला उपाध्यक्ष प्रदिप परियार, जिल्ला सहसचिव तिलक योञ्जन, पत्रकार प्रेम आचार्य, पुष्प वराल लगायतको टोली निवासमा पुगेको थियो ।
दम, निमोनिया, प्रोस्टेट क्यान्सर र बे्रनको नशासँग सम्बन्धी समस्याको उपचार गर्दै आएका पाठक दुई वर्षदेखि घरमा आराम गरिरहेका छन् ।
Discussion about this post