झापा, २५ असार । भद्रपुर–७ गार्मेन्ट चौक निवासी स्वर्गीय तुलसीप्रसाद ढकालद्वारा लिखित सुब्बा विष्णुलाल जिवनयात्रा र शाखा सन्तान विस्तार नामक पुस्तकको सोमबार विमोचन गरिएको छ ।
आफ्नै जीवनकालमा प्रकाशन गरी सार्वजनिक गर्ने लेखक ढकालको, पुस्तक लेखिसकेपछि प्रकाशनको तयारीमा रहेकै बेला अचानक निधन भएपछि उनको वार्षिक पुन्यतिथिको अवसरमा छोराहरुले आफ्ना बुवाद्वारा लिखित पुस्तकको ठुलोवुवा खगेन्द्रप्रसाद ढकालवाट विमोचन गराएका हुन् ।
यस पुस्तक प्रकाशक तथा लेखक छोरा भेषराज ढकाल, पुस्तक कभर पृष्ठसहित ९२ पृष्ठको रहेको छ । चार खण्डमा विभाजित यस पुस्तकको पहिलो खण्डमा सुव्वा विष्णुलालको जीवनी र काम, दोश्रो खण्डमा वंश विस्तार, तेश्रो खण्डमा केही सान्दर्भीक रचना र चौथो खण्डमा ढकाल परिवारका दुर्लभ तस्वीर समेटिएको छ । यो पुस्तक युनिक अफसेट प्रेस बिर्तामोडमा छापिएको छ । पुस्तकको पत्रकार गोपाल गिरीले सम्पादन गरेका छन् ।
पूर्व सांसद खगेन्द्र ढकालको भूमिका र लेखक तुलसी ढकालको आफ्नै भनाइ पनि समेटिएको र भाषा शैली पनि राम्रो रहेकोले पठनीय रहेको छ ।
यो पुस्तक, ढकाल परिवारसँग सम्वन्धित देखिएपनि यसले सुब्बा विष्णुलालका समयमा र त्यसअघि अर्थात नेपाल एकीकरणताका देखिको केही इतिहास, सिद्धपुरबाट चिनिएको ठाउँ भोजपुर भएको किंबदन्ती, भोजपुरको भौगौलिक, सामाजिक, जातजाति र साँस्कृतिकका साथै धार्मिक इतिहास पनि जान्न मद्दत पुग्ने भएकाले अरुका लागि पनि प्रेरणाको श्रोत हुनेछ ।
Discussion about this post