झापा, २६ असार । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग्दै धम्क्याएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रमेश गुरुङ छन् । गुरुङमाथि दुर्गा प्रसाईंसँग २० करोड मागेको आरोप छ ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान भइरहेको सीआईबीका एक उच्च अधिकृतले बताएको छ । प्रसाई बिर्तामोड स्थित बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक हुन् ।
Discussion about this post