झापा, २६ असार । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौं ल्याइएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार शव काठमाडौं शिक्षण अस्पतालमा लगिएको छ ।
सुरुमा ४ जनाको शव ल्याइएको थियो । दोस्रो हेलिकप्टरमा दुई शवसहित ६ जनाकै शव काठमाडौं ल्याइएको छ ।
आज विहान सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनामा एक चालक र ५ जना यात्रुको मृत्यु भएको छ । यात्रु सबै मेक्सिकन नागरिक हुन् । उनीहरु माउन्टेन फ्लाइटका लागि खुम्बु क्षेत्रमा पुगेका थिए ।
हेलिकप्टर पाइलट सीबी गुरुङले उडाएका थिए । दुर्घटनाको कारण खुलेको छैन ।
Discussion about this post