झापा, ३० असार । चार्जमा राखिएको मोवाइलमा फोन आउँदा उठाउने क्रममा करेन्ट लागि झापाकी एकजना महिलाको मृत्यु भएको छ ।
गौरीगञ्ज गाउँपालिका वडा नं. १ स्थित टुनु बस्तीकी ५५ वर्षीया सीला बुढाथोकीले घरमा चार्जमा राखिएको मोवाइलमा फोन आउँदा उठाउने क्रममा करेन्ट लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
शुक्रबार दिउँसो ३ वजे खेतमा काम गरेर घर फर्किएकी बुढाथोकीले चार्जमा राखेको मोवाइलमा फोन आउँदा उठाउने क्रममा करेन्ट लागेर मृत्यु भएको उनका पति जगतबहादुर बुढाथोकीको भनाई छ ।
Discussion about this post