२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

गर्भपतन : शरिर महिलाको, निर्णय पुरुषको

असार ३१, २०८०, ४:४८ .आइतवार
0
0
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

दमक, ३१ असार । नेपालमा वार्षिक गर्भपतन गराउने महिलाको संख्या दश लाख ४८ हजार रहेको छ । त्यसमध्ये आधाले असुरक्षित गर्भपतन गराउने गरेको एक तथ्याङ्ले देखाएको छ ।

शनिबार दमकको पाथिभरा होटलमा आयोजित सुरक्षित गर्भपतन, सञ्चारकर्मीको भूमिका र खोज पत्रकारिता विषयमा अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

आयोजक संस्था स्वास्थ्य लाइभ मिडिया प्रालिका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले नेपालमा वार्षिक गर्भपतन गराउने महिलाको संख्या दश लाख ४८ हजार रहेको बताए । उनले त्यो संख्यामध्ये आधाले असुरक्षित गर्भपतन गराउने गरेको तथ्याङ् प्रस्तुत गरेका थिए ।

‘सुरक्षित गर्भपतन गराउनु अपराध होइन, अधिकार हो’, उनले भने–‘तर असुरक्षित गर्भपतन गराउनु चाहिँ कानुन विपरित र अपराध हो । अहिलेको डेटाले असुरक्षित गर्भपतनको अवस्था भयावह देखाएको छ ।’

नेपालमा सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएको झण्डै दुई दशक बितिसकेको छ । २०५९ बाट मान्यता पाएसँगै २०६० मा सुरक्षित गर्भपतन सम्बन्धी राष्ट्रिय नीति बन्यो ।

औषधि व्यवस्था विभागका कर्मचारी टेकेन्द्र मिश्र ।

यही नीतिका आधारमा २०७३ देखि सरकारी स्वास्थ्य संस्थाले निःशुल्क सेवा दिँदै आएका थिए । २०७५ सालमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन जारी भएको थियो । २०७७ मा नियमावली बनेर २०७८ मा सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका जारी भई लागू भएको थियो ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले जबर्जस्ती करणी, हाडनाता करणीबाट रहन गएको गर्भ, एचआईभी वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेका महिला र गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्ने वा मानसिक स्वास्थ्य खराब हुन सक्ने वा विकलाङ्ग बच्चा जन्मन सक्ने अवस्थामा २८ हप्तासम्मको गर्भ शर्त सहित गर्भपतन गर्न सक्ने व्यवस्था गरेको छ ।

यस ऐन अनुसार गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गर्न सकिनेछ । यसका लागि महिलाको स्वीकृति आवश्यक छ ।

कानूनी मान्यता प्राप्त भए पनि गर्भपतनलाई सुरक्षित बनाउन सरकारले पर्याप्त कदम नचालेको सरोकारवालाहरुले बताएका छन् । महिलाहरुले अझै लुकीछिपी रुपमा असुरक्षित तथा गैरकानूनी रुपमा गर्भपतन गर्ने गरेको अध्ययनले औँल्याएको छ । यसमा निर्णयक महिला भन्दा पनि पुरुषको बढी भूमिका हुने गरेको छ ।

सरकारले भने असुरक्षित गर्भपतन घटाउन कोशिश भइरहेको जनाएको छ । तर, सूचीकृत नभएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुले असुरक्षित रुपमा गर्भपतन गराएको पाइएको छ ।

दमक अस्पतालका डा. कृष्ण साह ।

अधिकांश परिवारले दुई वटा बच्चालाई प्राथमिकतामा राखेको देखिन्छ । दुईभन्दा बढी बच्चालाई उनीहरूले समस्याको रुपमा लिएको देखियो । दुई वटा बच्चा भइसकेपछि तेस्रो गर्भ बस्यो भने उनीहरुका लागि त्यो अनिच्छुक गर्भ हुने गर्छ । त्यस्तो अवस्थामा उनीहरू गर्भपतन गर्न चाहान्छन् ।

बच्चा पाउने कुरामा परिवारमा सल्लाह खासै हुँदैन । दुई छोरी हुने परिवारमा भने तेस्रो बच्चाको लागि पनि तयार हुन्छन् । छोरा भइसकेकाहरूले चाहिँ तेस्रो गर्भपतन गर्ने निर्णय गर्दा रहेछन् ।

गर्भनिरोधक साधन प्रयोग गर्ने मामलामा पनि दम्पत्तीबीच खासै सल्लाह हुँदैन । महिलाहरूले गर्भनिरोधक साधन प्रयोग गर्छन् । धेरैजसोलाई के कस्तो गर्भनिरोधक साधन हुने रहेछ भन्ने थाहा नै नहुने रहेछ । गर्भनिरोधक साधन कसरी प्रयोग गर्ने भन्ने थाहा नहुँदा उनीहरूको अनिच्छुक गर्भ बस्दो रहेछ । यस्तो स्कुल, कलेजका कम उमेरका महिलाहरुमा धेरै देखिन्छ ।

गर्भपतन सम्बनधी तथ्यहरु

नेपालमा ३३ प्रतिशत प्रजनन उमेरका महिलाहरुले मात्र आधुनिक गर्भनिरोधक साधान प्रयोग गर्ने गरेको पाइएको छ । परिवार नियोजनको अपरिपूर्त माग २४ प्रतिशत रहेको छ । ४३ प्रतिशत दम्पतीले मात्र आधुनिक गर्भनिरोधक साधान अपनाउने गर्दछन् । ४८ प्रतिशत महलिालाई मात्र सुरक्षित गर्भपतन सेवाको बारेमा जानकारी छ ।

सुरक्षित गर्भपतनका असरहरु

गर्भपतन पूर्णरुपमा नहुने, बढी रक्तश्राव हुने । ज्वरो आउने र वेहोस हुने । पाठेघरमा÷पुरै शरिरमा संक्रमण हुने । मिग्रौला खराव हुने, पाठेघरमा प्वाल पर्न सक्ने । पिसाव थैली÷नलीमा प्वाल पर्न सक्ने । आन्द्रमा घाउ हुन सक्ने । आर्थिक भार समेत हुनेछ ।

गर्भपतनका कारणहरु

वंशाणुगत विकृति तथा गर्भवती महिलामा क्रोमजोमको विकृति रहेछ भने पनि गर्भपतन हुन सक्छ । पाठेघरको विकृति भएका पनि गर्भपतन हुसक्छ । जस्तै : अति सानोे पाठेघर हुनु । पाठेघरको मुख खुकुलो हुनु । पाठेघरको संक्रमण : जस्तै साइटो मेगालो भाइरस, सिफिलिस, रुवेला, हर्पिस, जस्ता रोगहरुको कारणले पनि गर्भपतन हुनसक्छ ।

कुनै कुनै महिलामा केहि पुरुषको विर्य ग्रहण नर्गनु समस्या हुन्छ । प्राकृतिक रुपमा देखापर्ने यी समस्याका कारण पाठेघरले भूण बाहिर फ्यालि दिन्छ । हर्मनको गडबढीले जस्तै : मधुमेह, थाइराइड, गलगाँड, ओभरी, अण्डाशय, साल आदिले अनियमित ढंगले हर्मन निकालेमा पनि गर्भपतन हुने सम्भावना हुन्छ । इडियोप्याथिक कारणले पनि गर्भपतन हुनसक्छ । गर्भवती अवस्थामा गहैँ भारी उचाल्न हुँदैन ।

सुरक्षित गर्भपतन सेवा लिनेको अवस्था

सुरक्षित गर्भपतन सेवा लिने २० वर्षभन्दा कम उमेरका महिलाहरुको संख्या नेपालमा ४ हजार ६२ जनामध्ये कोशी प्रदेशमा ७२७ र झापामा ८४ जना रहेका छन् । शल्यक्रिया मार्फत सेवा लिने २० वर्षभन्दा कम उमेरका नेपालमा २ हजार ५८३, कोशीमा १९५ र झापामा ४७ जना रहेका छन् ।

चिकित्सा सेवा मार्फत सेवा लिनेहरु नेपालमा ५८ हजार २८९, कोशीमा १० हजार ७९९ र झापामा १ हजार ५३० जना रहेका छन् । त्यस्तै शल्यक्रिया मार्फत सेवा लिने २० वर्षभन्दा माथि उमेरका नेपालमा २५ हजार ७९९, कोशीमा ४ हजार १९० र झापामा २ हजार ५५४ जना रहेको छ ।

सुरक्षित गर्भपतनको सेवाको कुल संख्या ९० हजार ७३३, कोशीमा १५ हजार ९९१ र झापामा २ हजार ९१५ जनाको सरकारी डेटा रहेको धरान स्थित वीपी कोइराला विज्ञान प्रतिष्ठानका प्रोफेसर डा.श्याम लम्सालले जानकारी दिए ।

कार्यक्रममा डा.श्याम लम्साल, दमक अस्पतालका डा.कृष्ण साह, औषधि व्यवस्था विभाग विराटनगर शाखाका टेकेन्द्र मिश्र लगायतले सुरक्षित गर्भपतनका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रमको सहजिकरण प्रालिका प्रबन्ध निर्देशक अधिकारी र प्रविणकुमार यादवले गरेका थिए ।

पछिल्लो समाचार

चार्जमा राखेको मोवाइलमा फोन उठाउँदा महिलाको मृत्यु

अघिल्लो समाचार

पूर्वाञ्चल र राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.