१९ मंसिर २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पूर्वाञ्चल र राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता

असार ३१, २०८०, ७:४८ .आइतवार
0
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

झापा, ३१ असार । स्वास्थ्य उपचार प्रविधि, अनुसन्धान र सहुलियतका लागि भारतको राजीव गान्धी क्यान्सर अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ ।

दक्षिण एसियाका दुई अत्याधुनिक सुविधासम्पन्न अस्पतालका प्रमुखहरुले शनिबार बेलुका बिर्तामोडको होटल किङ्सबेरीमा आयोजित एक कार्यक्रममा ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

पूर्वाञ्चल क्यान्सर अस्पताल नेपालको क्यान्सरको उपचारमा अत्याधुनिक प्रविधि, उपकरण र चिकित्सा पद्धति प्रयोग गर्ने प्रमुख अस्पताल हो भने नयाँ दिल्लीमा रहेको राजीव गान्धी क्यान्सर अस्पताल नेपाली बिरामी भारतमा उपचार गराउन जाने मुख्य अस्पताल हो ।

सम्झौता पत्रमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा.बीरेन्द्रप्रसाद यादव र राजीव गान्धी क्यान्सर इन्स्टिच्यूट एन्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा. सुधीरकुमार रावलले हस्ताक्षर गरेका थिए ।

सो अवसरमा बीएण्डसी हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाई, अस्पतालका अध्यक्ष डा.रामबाबु गिरी, सीइओ डा.निराजन प्रसाई, मेडिकल डाइरेक्टर डा.उमेश शर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राजीव गान्धी क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा.मनिष घिरेवाला, ओमसाई पाथिभरा हस्पिटलका मेडिकल डाइरेक्टर डा.शशी सिंह, सामाजिक अभियन्ता खुश्वु ओली, रोटेरियन सन्तोष अग्रवाल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा राजीव गान्धी क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. रावलले क्यान्सरको उपचारका लागि भारतमा जाने नेपालीको संख्या १५ प्रतिशत रहेको बताए ।

पूर्वाञ्चल क्यान्सर अस्पताललाई टेलिमेडिसिन र रोबोटिक सर्जरीमा समेत राजीव गान्धी क्यान्सर अस्पतालले सघाउने सम्झौता भएको बीएण्डसी हस्पिटलका मेडिकल डाइरेक्टर डा. शर्माले बताए ।

पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराइरहेका विरामीको थप उपचार आवश्यक परेमा सिफारिस पत्र लिएर जाँदा राजीव गान्धी क्यान्सर अस्पतालले उपचार सेवा र सुविधामा सहुलियत प्रदान गर्ने भएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए ।

कार्यक्रममा बीएण्डसी हस्पिटलका कार्यकारी प्रमुख प्रसाईले राजीव गान्धी क्यान्सर अस्पतालसँगको ऐतिहासिक सम्बन्ध विस्तारले स्वदेशमै विश्वस्तरीय क्यान्सरको उपचार प्रदान गर्ने लक्ष्यमा अस्पताल सफल हुँदै गएकोमा खुशी व्यक्त गरे ।

पछिल्लो समाचार

गर्भपतन : शरिर महिलाको, निर्णय पुरुषको

अघिल्लो समाचार

कनकाईले आजदेखि सूर्तीजन्य पदार्थ निषेध गर्ने

Related Posts

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित
banner

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

मंसिर १९, २०८२, ११:३० .शुक्रबार
मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम
banner -1

मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम

मंसिर १९, २०८२, १०:०५ .शुक्रबार
बालविवाह, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण
banner -2

बालविवाह, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण

मंसिर १८, २०८२, ७:३८ .बिहिबार
अपाङ्गता भएका व्यक्तिहरू पनि सियाे दाैड, चम्चा दाैडमा सहभागी
box -3

अपाङ्गता भएका व्यक्तिहरू पनि सियाे दाैड, चम्चा दाैडमा सहभागी

मंसिर १७, २०८२, १०:२६ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.