काँकरभिट्टा, १० साउन । मेचीनगर नगरपालिकाका दुईजना उच्च तहका कर्मचारीवीच सामाजिक सञ्जाल (फेसबुक) मा दोहोरी चलिरहेको छ ।
मेचीनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती र लेखा प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीबीच सामाजिक सञ्जालमा दोहोरी चलिरहेको हो ।
यहि आइतबार कार्कीले सामाजिक सञ्जालमा वरिष्ठ नामको पगरी गुथेर विधि, पद्वती र मर्यादाको धज्जी उढाउँदा सम्म वेखवर हुने अनी….. वीचको द्वन्द भनि दिँदा भैगयो भनेर स्टाटस पोष्ट गरेका छन् ।
यता वस्तीले पनि सोमबार सामाजिक सञ्जालमा कविता शैलीमा व्याङ्ग गर्दै यस्तो पोष्ट गरेका छन् ।
यो रोदन अनि त्यो तृप्ती
गजव छ उनको प्रवृती
कहिले अनयास अतालिन्छ्न
कहिले साच्चै भकानिन्छ्न
म त चाहान्छु उनी सधै सधै बाँची रहुन
अनि हरपल हासी रहुन
तर के गर्नु मैले चाहेर मात्र हुन्न रैछ
किनकी
उनले आफै पोस्टाउने आफ्नु तस्विर समेत
हाँसेको खिचेर हाल्न सक्दैनन …
अनि के गरून् बिचरा
घरी आतिन्छ्न, घरी मातिन्छ्न
तर पनि मेरो उनलाई शुभकामना छ
उनी सधै सधै बाँची रहुन अनि हरपल हाँसी रहुन ।।
यो स्टाटसले पनि के स्पष्ट हुन्छ भने नगरपालिका कर्यालयमा यी दुवै कर्मचारीबीच वेमेलको अवस्था छ, द्वन्द छ । कार्कीले पनि बेला–बेला यस्तै स्टाटस लेख्ने गरेका छन् ।
यसअघि कोरोनाका बेला कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याङ हुँदादेखि विवाद सुरु भएको थियो । कार्कीले वस्ती भन्दा सिनियर हुँ भनेर दावी गर्छन् । कार्कीले यहि विषयमा उच्च अदालत इलाम इजलासमा मुद्वा हालेका थिए ।
इलामले यस विषयमा वस्तीलाई सिनियर हो भन्ने फैसला गरेको थियो । तर, उक्त फैसला चित्त नबुझेर कार्की पुनारवेदनका लागि सर्वोच्च अदालत गएका थिए । सर्वोच्चको अल्पकालिन आदेश कार्कीको पक्षमा आएको थियो । अन्तिम फैसला भने अहिलेसम्म आएको छैन ।
कार्की समायोजन हुँदा केन्द्रबाट आएका निजामती कर्मचारी हुन् भने वस्ती स्थानीय कर्मचारी । यी दुई जनाको टसलले सेवाग्राही र अन्य कर्मचारीहरुलाई समेत असर पारेको छ ।
Discussion about this post