२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

रोटरीले बाढ्यो विद्यार्थीलाई पोषणयुक्त खानेकुरा

साउन १५, २०८०, १:१९ .सोमवार
0
0
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १५ साउन । सामुदायिक विद्यालयमा विद्यार्थीलाई दिइने १५ रूपैयाँको खाजा कस्तो हुन्छ ? के खान्छन् विद्यार्थीले ।

विद्यार्थीको स्वास्थ्यप्रति चासो विद्यालयलाई छ कि छैन भन्ने विषयलाई ध्यानमा राखेर रोटरी क्लब अफ काँकरभिट्टाले सामुदायिक विद्यालयमा ५ वर्ष मुनिका बाल बालिकाहरूलाई पोषण सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

आइतबार रोटरीले मेचीनगर–५ स्थित बाल कल्याण माविको परिसरमा ५ वर्ष मुनिका ५० जना भन्दा बढी बालबालिकाहरूलाई पोषण सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

मेची प्रादेशिक अस्पताल भद्रपुरको पोषण विभागको प्राविधिक सहयोगमा सो विद्यालयका बालबालिका र उनीहरुका अभिभावकहरुलाई पोषणयुक्त खानेकुरा कस्तो हुन्छ, यसलाई कसरी खाने र स्वास्थ्य कसरी रहने विषयमा पोषण विभागका प्राविधिकहरुले प्रशिक्षण दिएका थिए ।

विद्यालय परिसरमा नै पोषण विभागका प्राविधिकहरुले पोषणयुक्त सामाग्रीहरु पकाएर बालबालिकाहरूलाई खान दिइएको थियो ।
त्यतिमात्र होइन उनीहरुको वोजन र उचाई अनुसारको खाने कुरा कसरी खाने भन्ने विषयमा समेत जानकारी गराइएको थियो ।

उनीहरुलाई एक–एक पोका पोषणयुक्त खानेकुरा समेत वितरण गरिएको रोटरी काँकरभिट्टाका अध्यक्ष रुद्र मैनालीले जानकारी दिए ।
सरकारले खाजा वापतका लागि दिएको १५ रुपैयाँले विद्यार्थीले जाउँलो, खिर, चाम्रे छोलामुरै लगायत बस्तुहरु खाने गरेका छन् । कुनै–कुनै विद्यालयमा बासी छोलामुरै दिएर बालबालिका विरामी परेका घटनाहरु पनि पाइन्छ ।

‘विद्यार्थीले खाजाका रुपमा जाउँलो, खिर, छोलामुरै खान्छन्’, अध्यक्ष मैनालीले भने–‘त्यसको साटो पोषणयुक्त खानेकुरा खाँदा उत्तम हुन्छ । सामूहिकरुपमा विद्यालयले बालबालिकालाई भटमास, गहुँ, मकै, सर्वोत्तम पिठो लगायतका गेडागुढी मिसनाएर बनाइएको सातु पोषणयुक्त खानेकुरा खुवाए स्वास्थ्यलाई राम्रो हुने थियो ।’

मेचीनगरका सबै सामुदायिक विद्यालयमा बालबालिकाहरुलाई स्वास्थ्यवर्दक पोषणयुक्त खानेकुरा दिनुपर्छ भन्ने हाम्रो अभियान अन्तरगत आजको कार्यक्रम आयोजना गरिएको अध्यक्ष मैनालीले बताए ।

मेचीनगर–५ का वडाध्यक्ष कनक कार्कीको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा रोट्रियनहरु उदयकुमार श्रेष्ठ, दिलिप सुवेदी लगायतले पोषणयुक्त खानेकुराका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा मेची प्रादेशिक अस्पतालका कर्मचारी, रोट्रियनहरु, विद्यालयका शिक्षक–शिक्षका, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो । रोटरी काँकरभिट्टाका अध्यक्ष रुद्र मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भगिरथ राईले गरेका थिए ।

पछिल्लो समाचार

युवा संघ : एक युवा, पाँच विरुवा रोप्ने अभियान

अघिल्लो समाचार

बजार अनुगमनलाई निरन्तरता दिन नगरबासीको माग

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.