बिर्तामोड, ३० साउन । बिर्तामोड स्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा सुत्केरी विवाद प्रकरणमा कुनै सहमति नभएको परिवारले जनाएको छ ।
उपचारको क्रममा समस्या भएपछि मनमोहनले सुत्केरी बिर्तामोड–१ की २७ वर्षीया सिर्जना संग्रौलालाई बिर्तासिटी अस्पताल रेफर गरेको थियो ।
विभिन्न सञ्चार माध्यममा सहमति भएको भन्ने खवर झुटो भएको सुत्केरी सिर्जनाकी बहिनी कुसुम संग्रौलाले बताइन् ।
बिर्तामोडमा विवाद सहमति भएपछि टुंगिएको भन्ने खवर निराधार भएको पीडित पक्षको भनाई छ । पीडित परिवारले चिकित्सकको लापरबाही भएको बताउँदै आएका छन् ।
सुत्केरी सिर्जनालाई यहि साउन २७ गते प्रसूति गराउन मनमोहन अस्पताल ल्याइएको थियो ।
मनमोहनबाट रेफर गरिएकी सुत्केरी सिर्जनाको हाल विर्तासिटी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
विर्तासिटी अस्पतालका व्यवस्थापक आनन्द वस्नेतले सुत्केरी सिर्जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिए ।
(यसअघि प्रकाशित समाचारमा गलत सूचनाको कारणले गल्ती हुन गएकोमा क्षमाप्रार्थी छौँ । –सम्पादक)
Discussion about this post