मेचीनगर, ३ भदौ । मेचीनगर लेडी जेसीजको आयोजनामा विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यशनी सम्बन्धी एकदिवसिय सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
जेसीजले मेचीनगर–८ स्थित आदर्श माविका विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यशनी सम्बन्धी एकदिवसिय सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
मेचीनगर लेडी जेसिज बर्ष २०२३ का अध्यक्ष रश्मि थापाको अध्यक्षता तथा वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमलाको प्रमुख आतिथ्यता रहेको थियो ।
सचेतना कार्यक्रममा आदर्श माविका ७५ जना भन्दा बढि विद्यार्थीहरुको सहभागीता रहेको थियो । सहभागी विद्यार्थीहरुलाई फुर्वा यल्मो र रोको यल्मोले सहजिकरण गरेका थिए ।
प्रशिक्षक यल्मोद्वयले लागूपदार्थले मानिसको जीवनमा पारेको नकारात्मक प्रभावका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा आदर्श माविका प्रधानाध्यापक कृष्ण पुरी, वडा नम्बर ८ का जनप्रतिनिधिहरु, मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा लगायत पदाधिकारीहरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रम संयोजकको रुपमा कार्यकारिणि उपाध्यक्ष पवित्रा विमली प्रसाईं रहेकी थिइन् ।
Discussion about this post