मेचीनगर, ४ भदौ । मेचीनगरमा १६ वेडको अस्पताल बन्ने भएको छ ।
आइतबार मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले सो १६ बेडको २४ सै घण्टा इमर्जेन्सी सेवासहितको नगरस्तरीय अस्पताल भवनको शिलान्यास गरेका हुन् ।
मेचीनगर–१० स्थित धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा बन्न लागेको अस्पताल भवनको शिलान्यास गर्दै मेयर बुढाथोकीले अस्पताल बनेपछि नगरबासीलाई स्वास्थ्य सम्बन्धी उपचारमा सहज हुने बताए ।
एसियाली विकास बैंक मार्फत जापान सरकारको अनुदानमा सो अस्पताल बन्ने भएको छ । निर्माण कम्पनीले सो भवन ६ महिनामा निर्माण सम्पन्न गरी मेचीनगरलाई हस्तान्तरण गर्ने स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले बताइन् ।
धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रबाट २४ सै घण्टा प्रसुती सेवा र स्वास्थ वीमा कार्यक्रम सञ्चालन भइरहेको बताउँदै अबको केहि महिनापछि यस क्षेत्रबाट २४ सै घण्टा इमर्जेन्सी सेवासहित १६ वेडको अन्तरङ्ग सेवा सञ्चालन गर्न सकिने उनले बताइन् ।
कार्यक्रममा मेयर बुढाथोकी, मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल, ९ का वडाध्यक्ष कञ्चन तामाङ, कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक हृदय राजवंशी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, स्वास्थ्य शाखा प्रमुख निरौला, ईन्जिनियर रोशन रिमाल, वडा नम्बर १० का वडा सदस्य सोम ओझा, विशाल कार्की लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
Discussion about this post