झापा, ६ भदौ । इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) युवराज कटुवालमाथि एक समूहले सांघातिक हमला गरेका छन् ।
आज राति ७ बजे शिवसताक्षी–९ स्थित झरना पुल नजिकै इन्स्पेक्टर कटुवाललाई तीन जनाको समूहले बञ्चरो प्रहार गरेका हुन् ।
बञ्चरो प्रहारबाट कटुवालको टाउकोमा आठ र हातको औँलामा तीन टाँका लगाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
उनको बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
झरना पुल नजिकै लागूऔषध प्रयोगकर्ताले ब्राउनसुगर प्रयोग गरिरहेको सूचना पाएका कटुवालको सादा पोशाकको प्रहरी टोलीले मे ४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही ढंगले चलाएको पाएपछि सोधपुछ गर्ने क्रममा उनीमाथि बञ्चरो प्रहार भएको थियो ।
तीन जना सवार मोटरसाइकलको पछाडि बसेका सोहि स्थानका ३६ बर्षीय अशोक पोखरेलले इन्स्पेक्टर कटुवालमाथि बञ्चरो प्रहार गरेको प्रहरीको भनाई छ ।
मोटरसाइकल चालक ३२ बर्षीय विकास भनिने अरुण तामाङ्, मोटरसाइकलको वीचमा सवार सोहि स्थानका ३३ बर्षीय लक्ष्मण टुडु र बञ्चरो हान्ने पोखरेलसहित मोटरसाइकल नियन्त्रणमा लिएको डीएसपी रिजालले जानकारी दिए ।
Discussion about this post