मेचीनगर, ८ भदौ । मेचीनगर नगरपालिकाले पूर्वपश्चिम राजमार्ग अन्तरगत काँकरभिट्टा–चारआली खण्डमा सडक मिचेर बनाइएका संरचनाहरु हटाउने निर्णय गरेकोे छ ।
आज नगरपालिकाले एक सूचना जारी गरेर काँकरभिट्टा–चारआली खण्डमा सडक क्षेत्राधिकार भित्र अनधिकृत रुपमा सवारी साधनको पार्किंङ स्थल, भवन, व्यवसायिक टहराहरु तथा घुम्ती पसलहरु निर्माण गरेका कारण मुख्य राजमार्गको आवागमनमा कठिनाई भइ दुर्घटनाको उच्च जोखिम देखिएपछि ती संरचनाहरु हटाउने निर्णय गरेकोे छ ।
सडकको मध्यविन्दुबाट दाँयाबाँया २५÷२५ मिटर भित्र निर्माण गरिएका पार्किंङ स्थल, भवन, व्यवसायिक टहराहरु तथा घुम्ती पसलहरु लगायतका सम्पूर्ण भौतिक संरचनाहरु हटाउने भएको हो ।
मेयर गोपालचन्द्र बुढाथोकीले हस्ताक्षर गरेको उक्त सूचनामा भनिएको छ, यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र हटाउनु पर्ने छ ।
पुनः उल्लेखित समय सीमाभित्र मापदण्ड पालना नगरी निर्माण भएका सम्पूर्ण भौतिक संरचनाहरु नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम नगरपालिका आफैले हटाई उक्त कार्य गर्दा लागेको खर्च सम्बन्धीत व्यक्ति वा संस्थाबाट असुल उपर गर्ने सूचनामा छ ।
Discussion about this post