१८ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

।। अनुभूति ।।

एउटा भिडियोले ल्यायो आमा–छोरामा खुशी

भदौ ११, २०८०, ५:१३ .सोमवार
0
0
0
SHARES
94
VIEWS
Share on FacebookShare on Twitter
पत्रकार सम्मेलनमा रुदै गोपालकी आमा सानी घिमिरे ।

यहि भदौ १ गते सानी ढकाल घिमिरे मेरो घरमा विहानै बहिनीकी छोरी संगीता अधिकारीसँग आउनु भयो । म घर परिवारसँग बसिरहेको थिए । सानी दिदीले मलाई रुँदै रुँदै भन्नु भयो–‘भाइ मेरो जेठो छोरो गोपाल घिमिरे मलेसिया गएको १८ वर्ष भयो । तर, ६ वर्षदेखि सम्पर्कविहिन भएको छ । लौ न भाइ केहि गर्नु न । यसअघि धेरै मिडियामा गएँ, विभिन्न ठाउँमा गएर छोराको विषयमा कुरा गरे । कसैले चासो दिएनन् । कुद्दा कुद्दा धेरै खर्च भइसक्यो, काहिँ पार लागेन । भोलि अर्थात भदौ २ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आउँदै हुनुहुन्छ । भेट्ने वातावरण मिलाएको छु ।‘

त्यसो भए रवि लामिछानेलाई भेट्नु अनि के भन्नु हुन्छ, अनि भदौ ३ गते मलाई आएर भन्नु भने । उहाँले मलाई भदौ ४ गते फोन गर्नु भयो । म आफ्नै कामले विराटनगर गएको थिए । उहाँले रवि लामिछानेलाई कार्यक्रममा भेटेर सबै कुरा राख्नु भएछ । ‘हुन्छ’ मात्र भन्ने जवाफ आएछ ।

मैले उहाँलाई ५ गते फोन गर्नु भने । उहाँले विहान फोन गर्नु भयो । मैले ‘ईटाभट्टामा प्रेस क्लब मेचीनगरको कार्यालय छ । त्यहि साथीहरुलाई बोलाउँछु । त्यहि पत्रकार सम्मेलन गर्नु पर्छ’ भने । मसहित १० जना पत्रकार भेला भयौँ । दिदीलाई फोन गरेर बोलाए । दिदी अप्ठेरो मान्दै आउनु भयो । पत्रकार सम्मेलनमा पैसा दिनुपर्छ होला भन्नु भयो । आर्थिक अवस्था कमजोर दिदीलाई मैले ‘पर्दैन, चिन्ता लिनु पर्दैन । सबै व्यवस्था म मिलाउँछु’ भने । पत्रकार सम्मेलनको सहजिकरण र व्यवस्थापन मैले नै गरिदिएको थिएँ ।

मैले उहाँलाई छोरो भेटिन्छ चिन्ता गर्नुपर्दैन भनेको थिएँ । उहाँले आफ्नो छोराको विषयमा रुँदै रुँदै सबै कुरा राख्नु भयो । साँझ पत्रकार सम्मेलन भयो । मैले उहाँको भिडियो राति करिव ८ वजेतिर सामाजिक सञ्जालमा पोस्ट गरिदिएँ । विहान मेरो श्रीमतीले तपाईले पोस्ट गरेको भिडियोमा विश्वप्रकाश शर्मा दाइले राम्रो कमेन्ट गर्नु भएको छ, हेर्नु नि भनिन् । मैले हेरेर ‘सहयोगका लागि धन्यवाद’ भनेँ । अनि विहान फेरि गोपाल घिमिरेकै अर्को समाचार लेखेँ । अनलाइनमा पोस्ट गरेँ । अरुलाई पनि पठाइदिए । विहान ठिक ११ः५५ वजे अपरिचित व्यक्तिको विदेशबाट मेरो वाट्सएपमा फोन आयो । मैले फोन उठाएँ । उताबाट ‘तपाई अर्जुन कार्की बोल्नु भएको हो’ भनेर सोध्यो । मैले ‘हो’ भनेँ ।

मलेसियामा ६ वर्षपछि भेटिएका गोपाल घिमिरे ।

उहाँले भन्नुभयो–‘तपाईले पोस्ट गरेको भिडियो मलेसिया दूतावासको पेजमा हेरेँ । हेर्ने वित्तिकै तपाईको मोवाइल नम्बर पत्ता लगाएर वाट्सएप गरेको हुँ । कुरा के हो भने नि सर । म पोखराको प्रताप थापा । अहिले मलेसियामा छु । भिडियोमा रुँदै काँकरभिट्टाका गोपाल घिमिरे (छोरो) मलेसिया गएको ६ वर्षदेखि सम्पर्कविहिन भन्ने सुने र हेरेपछि तपाईलाई फोन गरेको हुँ ।’

‘तपाईहरुको गोपाल हामीसँगै छ । अहिले नाइट डियुटी गरेर रुममा सुतेको छ । म अहिले डियुटीमा छु । उसको आमाको नम्बर पठाइदिनु । भरे दिउँसो ४ वजे फोनमा आमा–छोराको कुरा गराइदिन्छु’–प्रतापले भने । म त्यो कुरा सुन्ने वित्तिकै एकछिन त छक्कै परेँ । उसलाई ‘गोपाल घिमिरे त्यहिँ छन्’ भनेर फेरि सोधेँ । प्रतापजीले हो हो यहिँ छन् भनेर फोटो तत्काल मलाई पठाइदिइहाले ।

मैले आमाको नम्बर पठाइदिएँ । मैले तुरुन्तै सानी दिदीलाई फोन गरेर ‘तपाईले अब चिन्ता लिनु पर्दैन । रुनु पर्दैन । तपाईको छोरा मलेसियामा काम गरिरहेका छन् । भरे तपाईलाई फोन गर्छन् छोराले । अथवा, म तपाईलाई फोन गराइदिन्छु’ भने । यति के भनेको थिएँ, फोनमै रुँदै सानी दिदी हर्षले विभोर भएकी थिइन् । खुशी हुँदै ‘साँच्चै हो भाइ’ भनिन् । त्यतिखेरसम्म मैले गोपाल मलेसियामा भेटिएको फोटोसहितको समाचार अनलाइनमा पोस्ट गरे र अरुलाई पनि पठाइदिसकेको थिएँ ।

सानी दिदीले फेरि गोपालको १९ वर्षको छोरालाई फोन गर्न लगाइन् मलाई । मसँग उनको पनि कुरा भयो । गोपालको छोराले मेरो फेसबुक आइडीको नाम सोधेर समाचार हेरेछन् । दिउँसो ३ वजे सानी दिदीले मलाई फोन गर्नु भयो–‘छोराले मलाई भिडियो कल गर्यो भाइ । छोराले विदेश नबस्ने नेपाल आउने भन्यो, आउने खर्च छैन रे । के गर्ने होला भाइ ?’ उनले सबै कुरा तपाईले गरिदिनु भयो ।

अब छोरालाई कसरी घर ल्याउने त्यो सकिन्छ भने गरिदिनु भाइ भन्नु भयो । मैले चिन्ता नगर्नु त्यो पनि व्यवस्था मिलाउँछु भने । छ वर्षपछि आमा–छोराको गफ भयो । मलाई त्यतिबेला मन भित्रैदेखि सायद जिन्दगीमा पहिलोपटक यति धेरै खुशी भएको महशुस गरे । मैले ठुलै युद्ध जितेको भान भयो ।

हिजो साँझ छोरो ६ वर्षदेखि वेपत्ता भएको भनेर आमा रुँदै रुँदै मिडियामा आउनु भयो । वर्षौ भौतारिनु भयो । भोलिपल्टै छोरा भेटिएको खवर, केहि घण्टापछि भिडियो कलमा आमा–छोराको गफ सुन्दा मैले पनि भित्रैदेखि खुशी महशुस गरे । पत्रकारिताको धर्म पूरा गरेकोमा आफैलाई भाग्यमानी ठानेँ । साँझ ५ वजेतिर गोपाल, उनका साथी प्रताप र इलामका कृष्ण खतिवडासँग पनि मेरो वाट्सएपमा कुरा भयो । विदेश बस्ने कि घर आउने भनेर गोपाललाई सोधेँ । उसले घर आउने भन्यो ।

गोपालका लागि सहयोग गरिदिने यस क्षेत्रका सांसद विश्वप्रकाश शर्मा ।

त्यतिखेर प्रताप मलेसियाको नेपाली जनसम्पर्क समितिका अध्यक्ष चोलाकान्त पंगेनी र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग भिडियो कलमा जोडिएर कुरा भइरहेको थियो । मलाई त्यो कुराको जानकारी प्रतापजीले गराइरहेका थिए । विश्वप्रकाश सरलाई मैले फोन गरे, बिजी हुनुहुँदोरहेछ । पछि उहाँले नै कलव्याक गर्नुभयो । उहाँले सुरुमा नै ‘बधाई छ अर्जुनजी । तपाईले राम्रो काम गर्नु भयो । त्यो भिडियो मैले मलेसिया दूतावास, जनसम्पर्क समितिका अध्यक्ष पंगेनी लगायतलाई पठाइदिएको छु ।’

गोपाल मलेसियामा इलिगल अवस्थामा काम गरिरहेको छ । घर आउन खोजेको छ । आउने खर्च छैन । घर आउने वातावरण मिलाइदिनु पर्यो भनेर विश्वप्रकाश सरलाई भनेँ । उहाँले भन्नु भयो–‘गोपालको ट्राभल डकुमेन्ट बनाउन समय लाग्छ । म त्यस क्षेत्रको सांसद भएको नाताले मेरो तलव र जनसम्पर्क समितिको खर्चमा दशैँमा घर ल्याउने वातावरण मिलाउँछु । उहाँले दशैँमा गोपाल आएपछि तपाई, म र गोपालसँगै बसेर उहाँको आमाको हातको टिका लगाउनु पर्छ ।’ मैले ‘हुन्छ’ भने ।

यी सबै कुरा भएपछि मैले साँझ सानी दिदीलाई घरैमा गएर भेटेँ । दिदीलाई विश्वप्रकाश सर, प्रताप र गोपालसँग भएको कुराकानी सबै सुनाएँ । कुरा सुनेपछि दिदी एकदम खुशी हुनु भयो । यो त एउटा मेरो कर्तव्य थियो । एउटी आमा समानको महिला घरमा आएर छोरो वेपत्ता छ भनेर रुँदै आफ्नो पीडा पोख्दा जो कोहिलाई पनि मन छुन्छ । म हराएको भए पनि आमा त्यसरी नै रुनु हुन्थ्यो भनेर सम्झिएँ ।

त्यसकारणले पनि केहि गर्नु पर्छ भन्ने लाग्यो । त्यसो त मेरो पेशा पनि त्यस्तै गर्ने हो । समाजका यस्ता धेरै घटनाहरु आफुले सकेसम्म गरेरै आएको थिएँ । यस्ता धेरै समस्यामा परेका आवाज विहिनहरुको आवाज बन्दिनु मेरो पत्रकारिताको धर्म पनि त हो । त्यहि भएर मैले यो कर्तव्य निर्वाह गरेको हो ।

यसैबीच मेरा अग्रज, अनन्य मित्र, आफन्तजन तथा शुभेच्छुकहरुले सामाजिक सञ्जालमा, फोनमा, मेसेन्जरमा र भेटेरै मलाई बधाई तथा शुभकामना, हौसला र सुझाव दिनुहुने सबैमा हृदयदेखि धन्यवाद दिन चाहन्छु ।

लेखक : अर्जुन कार्की

पछिल्लो समाचार

झापामा एमसिसी सम्झौता कार्यान्वयन विरुद्ध प्रदर्शन

अघिल्लो समाचार

हराएकी बालिका ३ घण्टापछि मृत भेटिइन्

Related Posts

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार
विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.