भद्रपुर, ११ भदौ । भद्रपुर नगरपालिका–९ स्थित प्रकाशपुरकी ३ वर्षीया बालिका निर्जला सिग्देलको घर नजिकै लाश भेटिएको छ ।
उनी आज दिउँसो घर नजिकैको केदारेश्वर मन्दिरमा आमासँगै गएकी थिइन् । भजन सुनिरहेको बेला मन्दिर बाहिर खेलिरहेकी उनी दिउँसो १२ बजेतिर एकाएक वेपत्ता भएकी थिइन् ।
कतिपयले भारतीय भिखारीले फकाएर अपरहण गरेको अनुमान गरेर प्रहरीलाई खोजतलासका लागि अनुरोध गरे । तर, प्रहरी समेत लागेर खोजी गर्दा उनको शव घरबाट ५०० मिटरको दूरीमा सडकको नालीमा तैरिइरहेको अवस्थामा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले दिउँसो ३ बजेतिर शव फेला परेको बताए ।
बालिकाको शवलाई पोस्टमार्टम जाँचका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । ढकनी नभएको स्थानबाट नालीमा खसेर बालिकाको मृत्यु भएको हुन सक्ने स्थानीयको भनाई छ ।
Discussion about this post