काँकरभिट्टा, ११ भदौ । भारतबाट भन्सार छलेर ल्याएको अवैध कपडाहरु प्रहरीले बरामद गरेको छ ।
आज दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले मेचीनगर–६ स्थित कालीखोला नजिकैबाट भन्सार छलेर ल्याइएका तीन लाख ५० हजार मुल्य बराबरका कपडाहरु बरामद गरेको हो ।
बरामद गरिएका कपडाहरुमा साडी १५५ पिस, चोलो १५९ पिस र महिलाले लगाउने भित्री कपडा १०० पिस रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
बरामद गरिएका कपडाहरु आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको उनले बताए ।
Discussion about this post