भद्रपुर, ११ भदौ । कचनकबल गाउँपालिका–६ की ५४ वर्षीया सुमित्रा साहको शरीरबाट ६६० एमएमको पत्थरी (स्टोन) निकालिइएको छ ।
साहको भद्रपुर स्थित ओमसाई पाथिभरा अस्पतालमा उपचारको क्रममा पित्त थैली र मूत्रनलीबाट शल्यक्रिया मार्फत एकैपटकमा शरीरभित्रबाट ५५ वटा पत्थरी निकालिएको हो ।
जवकी एउटा पत्थरी १२ एमएमको रहेको अस्पतालले बताएको छ ।
साहको शल्यक्रिया सम्पन्न गर्न ८ घण्टा लागेको थियो । हाल साहलाई अस्पतालको सर्जिकल वार्डमा राखेर शल्यक्रियापछिको उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार आइसकेको र छिटै घर फर्किने तयारीमा रहेको छोरा दिपककुमार साहले जानकारी दिए ।
‘सहन नसक्ने गरी पेटभित्र दुखाई भएको भन्दै उहाँलाई हाम्रो अस्पतालमा भर्ना गरिएको थियो’, निर्देशक बालकुमार पोखरेलले भने–‘अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट समेत रहेका सर्जन डा.सशी सिंहले उहाँको स्वास्थ्य परीक्षण पश्चात तुरुन्त शल्यक्रिया जरुरी थियो । सबै जाँच प्रक्रिया पूरा भएपछि शल्यक्रिया गर्दा पित्त थैली र मूत्रनलीबाट ५५ वटा पत्थरी निकालियो ।’
अस्पतालका निर्देशक पोखरेलले पेटभित्र असह्य दुखाई बढेपछि उपचारका लागि साहलाई अस्पताल भर्ना गरिएपछि भदौ ७ गते डा.सिंहले शल्यक्रिया गरेको बताए । पोखरेलका अनुसार ५५ वटा पत्थरीको १२ एमएमले जम्मा ६६० एमएमको पत्थरी शरीरभित्र रहेछ ।
Discussion about this post