झापा, १२ भदौ । मोफसलका पुराना पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थ आज काठमाडौँमा सार्वजनिक भएको छ ।
बाग्लुङमा जन्मिएर राष्ट्रिय जीवनमा दीर्घकालीन महत्वका खोज र अनुसन्धान गरे पनि उचित प्रचार प्रसारको कमीले ओझेलमा परेका आचार्यको गत भदौ १ गते काठमाडौँ निधन भएको थियो ।
उक्त स्मृति ग्रन्थमा ५२ जना आचार्यका समकालीन, सहकर्मी, पत्रकार, साथीभाइ, ईष्टमित्र, परिवारका सदस्यहरूले आफ्ना अनुभव, अनुभूतिहरु र संस्मरणात्मक लेखहरु रहेका छन् । यो ग्रन्थले आचार्यको योगदानको विस्तारमा प्रकाश पार्ने काम गरेको छ ।
बागलुङमा जन्मे–हुर्केका आचार्य मनले उदार, वचनले नरम, व्यवहारले समाजसेवी, पेसाले प्रशासक र पत्रकार अनि भोगाइले यायावर रहेको ग्रन्थले छर्लङ्ग पारेको छ ।
पश्चिमाञ्चलमा खोज पत्रकारिताको अभ्यास गरेका आचार्यको कालापानी–लिपुलेक बारेको आधा शताब्दी अघिको रिपोर्टिङ अनि भगवान बुद्धको मावली र ससुराली–‘देवदह’ प्रतिको खोज र सार्वजनिकीकरण यस ग्रन्थमा स्पस्ट गरिएको छ ।
आजीवन ‘सादा जीवन, उच्च विचार’ दर्शनवाट प्रेरित आचार्यका आत्म–संस्करणात्मक पुस्तक ‘झझल्काहरु’ यसअघि प्रकाशित भएको थियो । दुवै पुस्तकहरु बुलबुल प्रकाशनले प्रकाशित गरेको छ ।
Discussion about this post