झापा, १५ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् ।
आज भएको चुनावमा उमेश पियालाई पछि पार्दै पारस अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले २३ मत पाए भने पियाले १४ मत पाए ।
१३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना चयन भएका छन् ।
Discussion about this post