भद्रपुर, १५ भदौ । प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट आँखा अनलाइनका सम्पादक ईश्वर अधिकारी सम्मानित भएका छन् ।
आज चन्द्रगढीमा आयोजित एक समारोहबीच भद्रपुर नगरपालिका–१० निवासी पत्रकार अधिकारीलाई नगद पुरस्कार, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
सम्मानित अधिकारी नागरिक एफएमका सम्पादक समेत हुन् ।
यसैगरी, प्रमोद तामाङ उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य र कनकाई नगरपालिकाकी कर्मचारी टीकादेवी दवाडी सम्मानित भएका छन् ।
दुबै पुरस्कार नेपाल निजमती कर्मचारी संगठन झापाले स्थापना गरेको हो ।
Discussion about this post