मेचीनगर, १७ भदाै । नेपाली कांग्रेस मेचीनगर समितले शनिवार आयोजना गरेकाे कार्यक्रमकाे एमालेकाे सिकाे गरेकाे छ ।
धुलाबारी स्थित टाउन हलमा आयोजना गरिएकाे नगर सम्मेलनकाे प्रमुख अतिथिका रूपमा रहेका महामन्त्री गगनकुमार थापाकाे कार्यक्रममा बाेल्ने वक्ताहरू मात्र मञ्चमा अतिथि रहेका थिए ।
मञ्चमा प्रमुख वक्ता र विशिष्ट वक्ताहरू मात्र थिए भने अन्य अतिथिहरू मञ्चकाे तल कार्यकर्ता र शुभचिन्तकहरूसँगै कुर्सीमा बसेका थिए ।
कार्यक्रममा नगर सभापति सुदय पनेरूले कार्यक्रमकाे सेडुल केही परिवर्तन गरिएकाे जानकारी गराएका थिए ।
उनले बाेल्ने वक्ताहरूलाई मात्र मञ्चमा राखेकाे र अतिथिहरूलाई कार्यकर्ता र अन्य सदस्यसँगै राखिएको बताए ।
´मञ्चमा अब बाेल्ने-नबाेल्ने नेता रााखेर भिड गर्ने हाेइन` एक नेताले भने – ´मञ्चमा थाेरै वक्ता राख्ने । अरू सबै नेतालाई कार्यकर्ता र नागरिकसँगै राख्ने बानीकाे विकास गर्नु पर्छ ।´
नेकपा एमालेले केहि दिनअघि मात्र कार्यक्रमकाे सेडुल परिवर्तन गरेकाे थियाे । मञ्चमा कार्यक्रमकाे अध्यक्षता गर्ने र प्रमुख अतिथि, अतिथिहरू मञ्च तल बस्ने निर्णय गरेकाे थियाे ।
त्यसाे त एमालेले निर्णय गर्नु अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि पहिलै त्यस्ताे सेडुल बनाएकाे थियाे । उसकाे पनि कार्यक्रमकाे सेडुल त्यस्तै छ ।
रूपान्तरण आवश्यक छ : थापा
कार्यक्रममा महामन्त्री थापाले कांग्रेसमा रूपान्तरण आवश्यक रहेकाे बताए ।
चुनावका बेला टिकट बाड्दा दाजु-भाउजुकाे आशिर्बादले मात्र अब कांग्रेस टिक्दैन, पुरै रूपान्तरण हुन जरूरी रहेकाे उनकाे दावी छ ।
´कांग्रेसमा समस्या छ´, थापाले भने -´अब जरा नै उखेलेर फाल्याे भने मात्र कांग्रेस, कांग्रेस जस्ताे बन्छ ।´
Discussion about this post