बाहुनडाँगी, १७ भदाै । मेचीनगर-३ स्थित दोकान डाँडाका बस्नेत दाजु-भाईको घर निर्माणका लागि शिल्यान्यास भएको छ
आर्थिक अवस्था कम्जोर भएका अपाङ्ग तथा असक्त छत्रबहादुर बस्नेत (ठूले) र प्रदिप बस्नेतको घर निर्माणका लागि शनिबार शिल्यान्यास गरिएको हो ।
गाउँका जेष्ठ नागरिक ९६ वर्षका पञ्चविर राई र ९२ वर्षीय धनकुमारी रायाले सयुक्त रुपमा शिल्यान्यास गरेका हु्न । जेष्ठ नागरिकको सम्मान युवाको योगदान भन्ने नाराका साथ निर्माण कार्य सुरु गरिएको हो ।
नव ज्योति युवा क्लब, बाहुनडाँगी जेसीज र दोकानडाँडा युवा परिवारको सहकार्यमा निर्माण हुन लागेको घरको अनुमानित लागत ५ लाख रहेको निर्माण समितिका कोषाध्यक्ष प्रमिश थापाले बताए ।
देश-विदेशमा रहेका विभिन्न युवाहरु र स्थानीय दाताहरुको सहयोगमा निर्माण कार्य सुरु गरिएको उनले बताए ।
अहिलेसम्म करिब २ लाख ५ हजार र करिब १ लाख ५० हजार बराबरको सामाग्री संकलन भएको छ । निर्माण कार्यको प्राविधिक सहयोग मेची अभियानकाे रहेको छ ।
बर्खा लागेपछि चिउरा खाएर रात काट्छन दाजु-भाइ भन्ने समाचार आएपछि युवाहरु मिलेर घर निर्माण गर्न लागेका हुन् ।
पानी पर्न थालेपछि टिन चुहिने भएर सबै पानी घर भित्र पस्ने गरेकाले उनीहरुलाई खान-बस्न समस्या छ ।
बुबा-आमाको पहिले नै निधन भएको र उक्त घरमा दुई दाजु-भाइ मात्र बस्दै आएका थिए । दुबै दाजुभाई सुष्त छन् ।
डेढ महिनाभित्रमा घर निर्माण सम्पन्न गर्ने र दशैको फुलपातीका दिन दाजु-भाईलाई नयाँ घरमा भित्राउने समितिका सचिव देबु बानियाँले बताए ।
घर निर्माणका लागि अहिलेसम्म कसैलाई रकम नमागेको र दाताहरुको स्वतस्फूर्त रूपमा सहयोग गरिरहनु भएको समेत उनले बताए ।
समितिका अध्यक्ष सुमन थापाले ७० प्रतिशत रकम र सामाग्री संकलन भएको र अपुग रकम विस्तारै संकलन गर्दै जाने बताए ।
शिलान्यास कार्यक्रममा गाउँका अग्रज जितबहादुर लावती, हस्तबहादुर खत्री, कमल थापा, नन्दकुमार भारती, ऐनुकुमार भट्टराई, धनबहादुर निरौला लगायत गाउँका व्यक्तिहरुकोे सहभागिता रहेको थियो ।
Discussion about this post