झापा, २६ भदौ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) को विरगंजमा हालै सम्पन्न १४औँ केन्द्रीय अधिवेशनबाटकोशी प्रदेशबाट तीन जना व्यवसायी निर्वाचित भएका छन् ।
नेपाल औषधि व्यवसायी संघ झापा शाखाका अध्यक्ष गौतम गुप्ता (थोक) बाट निर्विरोध भएका हुन् ।
कोशी प्रदेश कार्यसमिति सदस्य कञ्चन शर्मा खतिवडा (खुला) बाट निर्वाचित भएका हुन् ।
त्यस्तै, मोरङका एकजना व्यवसायी पनि निर्वाचित भएका छन् । मोरङबाट कोशी प्रदेशका उपकोषाध्यक्ष प्रदीप दास (खुद्रा) बाट निर्विरोध भए ।
गुप्ता र दास निर्विरोध भएका हुन् भने शर्मा चुनावी प्रतिस्पर्धाबाट निर्वाचित भएका थिए ।
Discussion about this post