२० मंसिर २०८०, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

धुलाबारीकाे साख जाेगाउन दाेस्राे पटक महाेत्सव

अशोज २१, २०८०, ३:५८ .आइतवार
0
0
0
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २१ असाेज । धुलाबारीमा मेची चेम्बर अफ कमर्सले दाेस्राे पटक महाेत्सव लगाउने भएको छ ।

आज कमर्सले धुलाबारी स्थित राेयल निर्वानमा आयोजना गरेकाे पत्रकार सम्मेलनमा यही असाेज २६ गतेदेखि ´धुलाबारी महाेत्सव-२०८०´ लगाउने भएको जानकारी दिएकाे हाे ।

कमर्सका महासचिव प्रकाश खड्काले यहि असाेज २६ गतेदेखि २१ दिने महाेत्सव सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

मेचीनगर नगरपालिका र जिल्ला प्रसाशन कार्यालय झापाबाट कानुनकाे मापदण्डमा रहेर महाेत्सव सञ्चालन गर्न पाउने स्वीकृति लिएकाे प्रदीप ईन्टरप्राइजेजका सञ्चालक एवम् ठेकेदार रेवन्त कटुवालले जानकारी दिए ।

महाेत्सवमा कमर्सकाे ५ वटा स्टलसहित १५ स्टल रहनेछ । कमर्सकाे सचिवालय, स्वास्थ्य, मिडिया हेल्थ डेक्स, अशक्त र अपाङ्ग, हस्तकलाकाे स्टलसहित अन्य १० वटा स्टल रहने उनले बताए ।

कृषि, पर्यटकीय व्यापारिक सांगीतिक तथा फुड फेस्टिवल महाेत्सवमा करिव ४५ लाख खर्च लाग्ने अनुमान गरिएकाे छ ।

नाफा कमाउने उद्वेश्यले नभइ धुलाबारी बजारकाे पुरानाे साखलाई बचाउने र यहाँको कृषिलाई प्रबर्द्धन गर्ने लक्ष्यका साथ साे महाेत्सव लगाउने तयारी गरिएको महासचिव खड्काले बताए ।

हङकङ मार्केटकाे रूपमा परिचित धुलाबारी बजार केही वर्षदेखि असुरक्षा र व्यापार घाटाका कारण व्यापारीहरू पलायन भईरहेका छन् ।

महाेत्सवमा राटेपिङ्ग, नाउँ, बालबच्चाका लागि मनाेरञ्जनका सामाग्री लगायत सांस्कृतिक कार्यक्रमहरू हुनेछ ।

महाेत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूकाे वेजाेड सांगीतिक प्रस्तुति रहने छ ।

टिकटकाे मूल्य एकसयदेखि २ सय रूपैयाँसम्म लाग्ने छ । महाेत्सवमा सीसी क्यामेरा र सुरक्षाकाे प्रबन्ध मिलाइएकाे छ ।

महाेत्सवमा १० वर्षका विद्यार्थी, ज्येष्ठ नागरिक र असहायहरूलाई नि:शुल्क गरिएको आयोजककाे भनाई छ ।

गतवर्ष आयोजना गरिएको महाेत्सव विभिन्न कारणले गर्दा घाटामा गएकाे कमर्सका अध्यक्ष रूकमिणा आचार्य पाेखरेलले बताइन् ।

उनले विगतकाे पाठ सिकेर यसपटक व्यवस्थित महाेत्सव लगाउन सुरू गरिएको बताइन् । उनले महाेत्सव सफल बनाउन सबैलाई सहयाेग गर्न आग्रह गरिन् ।

महाेत्सवकाे उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गाेपालचन्द्र बुढाथोकीले गर्नेछन् ।

महाेत्सव सञ्चालनका लागि १०१ मुल समिति गठन गरिएको छ । महाेत्सव मुल व्यवस्थापन समिति संयाेजकमा कमर्सका निवर्तमान अध्यक्ष रविन वस्नेत, सहसंयाेजकमा ध्रुबविक्रम नेम्बाङ, सचिवमा प्रकाश खड्का लगायत रहेका छन् ।

महाेत्सव लगाउन धुलाबारी राेलिङ क्लबकाे अहम भूमिका रहेकाे छ ।

पछिल्लो समाचार

सरकारको विकल्प खोज्ने भन्दा परिमार्जित गर्नुपर्छ : शर्मा

अघिल्लो समाचार

हमास र इजरेली सेनाबीच भिडन्त जारी

Related Posts

मेचीनगरमा विषालु वनस्पति मास्ने अभियान
banner

मेचीनगरमा विषालु वनस्पति मास्ने अभियान

मंसिर १७, २०८०, ८:२८ .आइतवार
पत्रकार पुरीसहित ८ जना सम्मानित
box -3

पत्रकार पुरीसहित ८ जना सम्मानित

मंसिर १६, २०८०, ९:३४ .शनिबार
हिन्दु सनातन धर्म सबैको साझा धर्म : उपसभामुख राना
banner -2

हिन्दु सनातन धर्म सबैको साझा धर्म : उपसभामुख राना

मंसिर १५, २०८०, ९:४७ .शुक्रबार
महापुराण सुरू हुनु अघि नै १५ लाख घाेषणा 
banner

महापुराण सुरू हुनु अघि नै १५ लाख घाेषणा 

मंसिर १४, २०८०, ७:०४ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In