२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भुकम्प पीडित

मेची अभियानले राहत संकलन गर्ने

कार्तिक १९, २०८०, १२:१८ .आइतवार
0
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १९ कात्तिक । पश्चिम रुकुम र जाजरकोटमा शुक्रवार राति गएको विनाशकारी भुकम्पका पीडितका लागि मेचीनगर क्षेत्रमा राहत संकलन गरिने भएको छ ।

आइतबार मेची उद्योग वाणिज्य संघको सभा हलमा बसेको बैठकले नगरका प्रमुख राजनीतिक दलहरुको मेची अभियानमार्फत एकद्वार प्रणालीबाट राहत संकलन गरी नेपाल सरकारको माध्यमबाटै राहत पुर्याइने निर्णय गरेको हो ।

बैठकमा मेची अभियानमार्फत राहत संकलन गर्दा उपयुक्त हुने दलका नेताहरुले साझा धारणा राखेका थिए ।

राहत संकलनका लागि मेची उद्योग वाणिज्य संघको विपत राहत कोषको बैंक खाता प्रयोगमा ल्याइने र सबै संकलित रकम सोही खातामा जम्मा गरिने मेची अभियानका संयोजक बिजय डालमियाले जानकारी दिए ।

अभियानमा सबैको सहभागिता जुटाउन सोमबार दिउँसो सामाजिक संघ–संस्थाका नेतृत्वहरुसँग छलफल गरिने उनले बताए ।

बैठकमा नेपाली कांग्रेसका झापा क्षेत्र नं. १ का सभापति इन्द्रबहादुर बुढाथोकीले विपतमा परेका नेपालीहरुको राहतका लागि राजनीतिक मतभेद बिर्सिएर एकजुट हुने मेचीनगरका राजनीतिक दलहरुको विगतदेखिकै विशेषता रहेको बताए ।

नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु पोखरेलले नगरभित्रका संघ–संस्थाहरुले अलग–अलग व्यानर प्रयोग गर्नुभन्दा एउटै व्यानरमा एकद्वार माध्यमबाट राहत संकलन गर्नु उचित भएकाले मेची अभियानमा सबै राजनीतिक दलको सहमति रहेको बताए ।

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका क्षेत्रीय अध्यक्ष प्रकाश भण्डारी, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर सचिव विशालकृष्ण बाँस्तोला, मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा समितिका अध्यक्ष भोला थापा लगायतले धारणा राखेका थिए ।

सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने र राहत संकलन जथाभावी नगर्ने निर्देशन जारी गरेको हुँदा सरकारको उक्त निर्देशनलाई पालना गरिने बैठकका सहभागीहरुले बताएका थिए ।

पछिल्लो समाचार

भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

अघिल्लो समाचार

महोत्सवमा प्रिति आलेको प्रस्तुति

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.