मेचीनगर, २५ मंसिर । अर्जुनधारामा आज पितृको स्मृतिमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ ।
पूर्वको पशुपतिनाथ मन्दिर भनेर चिनिने अर्जुनधारा जलेश्वर धाम शनिश्चरेमा आइतबारदेखि नै भक्तजनको घुइँचो थियो ।
आज विहान शतबीज छर्नेहरु लाखौंको संख्यामा मन्दिरमा आएको धाम समितिका अध्यक्ष नविन गट्टानीले जानकारी दिए ।
धाममा आइतबार साँझदेखि दीप प्रज्ज्वलन गरेर पचासौं हजार भक्तजन रातभर जाग्राम बसेका थिए । उनीहरुले भजनकीर्तन समेत गरेर रात बिताए । राति १ वजेदेखि नै शतबीज छर्नेको भीड लागेको धाम गट्टानीले बताए ।
शतबीज छर्न आउनेहरुको सुविधा र सहजताका लागि लाइन लाग्ने र ज्येष्ठ नागरिकका लागि प्राथमिकता दिने व्यवस्था मिलाइएको थियो । स्वयमसेवक र प्रहरीहरुले भक्तजनहरुको सुरक्षा र व्यवस्थापनमा खटिएका थिए ।
शतबीजमा धान, जाँै, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ । माता पिता दिवंगत भई एकवर्ष पूरा भएकाले दीपदान एवम् शतबीज छर्ने धार्मिक परम्परा छ ।
Discussion about this post