मेचीनगर, १४ पुस । नाइट चेस क्लबको अध्यक्षमा बिश्वविजय घिमिरे सर्वसम्मत चयन भएका छन् ।
काँकरभिट्टामा हालै सम्पन्न क्लबको १४ औँ साधारण सभाबाट घिमिरेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको निर्वाचन समिति संयोजक दिपक पोखरेलले जानकारी दिए ।
सभाले क्लबको प्रथम उपाध्यक्षमा राजु पौडेल, द्वितिय उपाध्यक्षमा बसन्त श्रेष्ठ, महासचिवमा राजेश राउत, सचिवमा मीना पौडेल र कोषध्यक्षमा बाबुराम विष्ट सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा डम्बर खवास, कर्णबहादुर थापा मगर, नविन प्रधान, राधिका ढकालर रेणु तिवारी रहेको उनले बताए ।
कार्यसमितिका सम्पूर्ण नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सफत ग्रहण कार्यक्रम समेत सम्पन्न भएको छ ।
Discussion about this post