१० कार्तिक २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

होल्डिङ सेन्टरलाई लागूऔषधको उपचार केन्द्र बनाउन माग

पुस १८, २०८०, ३:५४ .बुधबार
0
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १८ पुस । झापामा लागूऔषध प्रयोगकर्ता, ओसारपसार र कारोवारीहरुको अवस्था भयावह रहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

आज काँकरभिट्टा स्थित खानेपानकिो सभा हलमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक सेवा केन्द्रले संयुक्तरुपमा आयोजना गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत लागूपदार्थ दुव्र्यसन, अवैध ओसारपोसार र बिक्री वितरण नियन्त्रण सम्बन्धी अन्तरिक्रयामा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका हुन् ।

समाजसेवी एवम् व्यवसायी विजय डालमियाले भारतको पानीट्याङ्कीमा नेपालीहरुलाई मात्र लागूऔषध खुलेआम बिक्री वितरण गरिरहेको बताए । उनका अनुसार लागूऔषध प्रयोगकर्ताहरुलाई निजी सुधार केन्द्रमा राखेर मंहगो उपचार गर्न सक्ने अवस्था छैन ।

सरकारले नै प्रयोगकर्ताहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्नु पर्ने डालमियाको भनाई छ । मेचीनगर नगरपालिका–१४ स्थित दुहागढीमा रहेको होल्डिङ सेन्टरलाई लागूऔषध प्रयोगकर्ताहरुको उपचारका लागि सुधार केन्द्र बनाउनु पर्ने उनको माग थियो ।

उनका अनुसार राज्यको करडौँ लगानीमा बनेको होल्डिङ सेन्टर प्रयोगविहिन अवस्थामा छ । यसलाई प्रयोगमा ल्याउन जरुरी छ ।

समाजसेवी विटु गुरुङले खुल्ला सीमाका कारण लागूऔषध नियन्त्रण गर्न गाहे रहेको बताइन् । उनले यस्तो विषयमा विद्यार्थीलाई पुस्तकका रुपमा पढाउन आवश्यक रहेको बताइन् ।

समाजसेवी अर्जुन सुब्बाले लागूऔषध एउटा रोगको रुपमा रहेको दावी गरे । लागूऔषध प्रयोगकर्ता दिनदिनै बढिरहेकोले यसको रोकथामका लागि सबै एकजुट हुनु पर्ने उनले बताए ।

कार्यक्रममा समासेवीहरु लक्ष्मी थिङ तामाङ, विश्वविजय घिमिरे, भिम लुईटेल, शारदा पराजुली, सुवर्ण भट्टराई, ध्रुब गिरी, रिना विक, उदय प्याकुरेल, रोमा थापा मगर, विद्यार्थी विशाल तामाङ, प्रज्जवल पौडेल, सञ्चारकर्मी शिरि चम्लागाई, प्रविण अधिकारी, खगेन्द्र घिमिरे लगायतले लागूऔषध रोकथाम र समस्याका विषयमा धारणा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, विशिष्ट अतिथि मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती लगायतले लागूऔषध नियन्त्रणका लागि राज्यबाट गर्न सक्ने कोशिश गरिरहेको बताएका थिए ।

कार्यक्रममा कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका पूर्व मेयर विमल आचार्य, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमला, पूर्व प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई अर्याल, सशस्त्र वल भद्रपुरका प्रमुख एसपी देवराज अर्याल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले स्वागतसँगै एक वर्षमा झापामा लागूऔषधका विषयमा तथ्यांक प्रस्तुत गरेका थिए ।

एसपी रेग्मीले गत आर्थिक वर्ष २०७८÷७९ मा लागूऔषध सम्बन्धी २०० वटा मुद्दा दर्ता भएको बताए । उनले आर्थिक वर्ष २०७९÷८० मा लागूऔषध सम्बन्धी २०६ वटा र चालु आर्थिक वर्षको पुस महिना सम्ममा १०० वटा मुद्दा दर्ता भएको दावी गरे ।

कार्यक्रमको सहजिकरण इलाका प्रहरी कार्यालय काँकरभिट्टाले गरेको थियो । झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले गरेका थिए ।

पछिल्लो समाचार

कोशीको मतभार, सत्ता गठबन्धनमा आकांक्षी धेरै

अघिल्लो समाचार

हृदय रोग निवारण प्रतिष्ठानको अध्यक्षमा अग्रवाल

Related Posts

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`
banner -2

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`

कार्तिक ९, २०८२, १२:५४ .आइतवार
छठ पर्वकाे धमाधम तयारी
box -3

छठ पर्वकाे धमाधम तयारी

कार्तिक ९, २०८२, ७:०८ .आइतवार
झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण
banner -2

झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण

कार्तिक ८, २०८२, ३:०१ .शनिबार
ध्रुबे हात्तीको आक्रमणबाट सैनिकको मृत्यु
banner -1

मेचीनगरमा हात्तीकाे आक्रमणबाट बालक घाइते

कार्तिक ८, २०८२, २:४२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.