ज्यामिरगढी, १७ माघ । केही दिनअघि ज्यामिरगढीका युवाहरूले सिम्बाेलिक रूपमा ´सांसद र मेयर हराएको सूचना` विराेध स्वरूप सार्वजनिक गरेपछि झापा लगायत राष्ट्रियस्तरका सञ्चारमाध्यममा राम्रै स्थान पाएकाे थियाे ।
मेचीनगर नगरपालिका-१५ मा निर्माणाधिन झोलुङ्गे पुल लामो समयसम्म अलपत्र थियाे ।
पुल पुनःनिर्माण नहुँदा स्थानीय युवाहरुले विराेध स्वरूप´सांसद र मेयर´ हराएको सूचना गरेका थिए ।
युवाहरुले ‘सांसद र मेयर हराएको सूचना’ नै लेखेर विरोध जनाएपछि त्यस विषयमा चर्चा राम्रै भएको थियाे ।
आज त्यहि विषयमा मेचीनगर-१५ नम्बर वडाले पत्रकार सम्मेलन गरेर ध्यानाकर्षण भएको बताएको छ ।
वडाध्यक्ष गुणराज भट्टराई (राजन)ले पुल निर्माणमा भएको ढिलासुस्तीका विषयमा प्रष्ट पारेका थिए । ३० महिनामा सक्ने गरि थामि कन्स्ट्रक्सनले ठेक्का लिएकाे थियाे ।
तीनसय ५० मिटर लम्बाई भएको झाेलेङ्गे पुलकाे स्पनसहित ४ कराेड ३८ लाखमा संघीय सरकारले नगरपालिका मार्फत ठेक्का लगाएकाे थियाे ।
पुलकाे ६० प्रतिशत काम सम्पन्न भइसकेकाे वडाध्यक्ष भट्टराईले बताए । अहिले पुलकाे पिलर चर्किएको अवस्था छ । आउँदाे फागुनदेखि पुन: काम सुरू हुने भट्टराईकाे दावी छ ।
उनले प्रतिनिधि सभाका सांसद बिश्वप्रकाश शर्मा र मेयर गाेपाल चन्द्र बुढाथोकी कतै नहराएको भन्दै आफ्नै क्षेत्रमा काम गरिरहेकाे जानकारी दिए ।
झोलुङ्गे पुल निर्माण योजना क्रमागत योजना भएकाले समयमा बजेट नछुट्टीँदा निर्माण रोकिएको वडाध्यक्षकाे भनाई छ ।
उनका अनुसार संघीय सरकारबाट पहिलो किस्ता ७४ लाख छुट्टीएपछि अन्य बजेट निकासा भएन जसका कारण पुल निर्माण रोकिएकाे छ ।
वडा नम्बर १५ काे हेल्दुबारी र बिचार्नीलाई जोड्ने निन्दा खोलामाथि झोलुङ्गे पुल निर्माणधिन अवस्थामा छ ।
उक्त पुलकाे सांसद शर्मा र काेशी प्रदेशका सांसद गोपाल तामाङले शिलान्यास गरेका थिए ।
Discussion about this post