मेचीनगर, २७ माघ । ३७ वर्ष अघिदेखि सञ्चालनमा आएको धुलाबारीकाे हिमालयन इङ्लिस एकाडेमी सेकेन्डेरी स्कुलले आज स्टुडेन्ट पफर्मन्स प्राेगाम सम्पन्न गरेकाे छ ।
मेचीनगर नगरपालिका-१० स्थित स्कुल परिसरमा आयोजित साे कार्यक्रमकाे प्रमुख अतिथि रेडक्रस साेसाईटी झापाका सभापति लाेकराज ढकाल रहेका थिए ।
उनले बाहिरका महंगा भन्दा स्थानीय साना स्कुलहरूमा पढाइ राम्रो हुने बताए ।
´मेरा २ छाेरीहरू यहिँ पढे`, ढकालले भने-´उच्चशिक्षा हासिल गरे । यहीँ पढेकाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित भएका छन् ।`
कार्यक्रममा प्रमुख अतिथि ढकाल, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाईं, हिमालयन स्कुलका पूर्व निर्देशक अनन्तप्रकाश वस्ती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साेही अवसरमा विद्यार्थीहरूले गीत तथा नित्य प्रस्तुत गरेका थिए । स्कुलले आयोजना गरेकाे विभिन्न विधाका खेलकुद प्रतियोगिताका विजेताहरूलाई पुरस्कार तथा सम्मान प्रधान गरिएको थियाे ।
हिमालयन स्कुलका अध्यक्ष एवम् निर्देशक कमल काेइरालाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत प्रिन्सिपल जगतबहादुर तामाङले गरेका थिए ।
कार्यक्रमकाे सञ्चालन स्कुलकी सानी नानी (विद्यार्थी) प्रस्तुति भण्डारी, शिक्षिका र अन्य विद्यार्थीहरूले गरेका थिए ।
Discussion about this post