मेचीनगर, २८ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महतले काँकरभिट्टा नाकामा निगरानी बढाउन भन्सार कार्यालयलाई निर्देशन दिएका छन् ।
आज दिउँसाे मेची भन्सार कार्यालय काँकरभिट्टा आएका अर्थमन्त्री महतले भन्सारले लक्ष्य अनुसार राजश्व उठाउँन नसकेकाे भन्दै चाेरी पैठारी राेक्न कार्यालय प्रमुखलाई निर्देशन दिएका हुन् ।
नाकाबाट भन्सार छलेर अवैधरूपमा सामानहरू भित्रिएका कारण राजश्व संकलनमा कमि आएको भन्दै त्यस्ता गतिविधि राेक्न र राजश्व वृदि गर्न भन्सारलाई उनले निर्देशन दिएका थिए ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्सार कार्यालय निरीक्षण गर्न अर्थमन्त्रीज्यु काँकरभिट्टा नाका आउनु भएको बताए ।
मन्त्रीज्युलाई भन्सारकाे प्रगति विवरणका बारेमा जानकारी गराइएकाे रेग्मीले जानकारी दिए । उनले लक्ष्य अनुसार राजश्व नउठेका कारण राजश्व उठाउन पहल गर्न मन्त्री ज्युले अनुराेध गरेकाे बताए ।
यसअघि भद्रपुर भन्सार, आन्तरिक राजश्व कार्यालयको निरीक्षणपछि अर्थमन्त्री महत काँकरभिट्टामा भन्सार कार्यालयकाे समेत निरीक्षण गरेका थिए ।
मन्त्री महतले आजै दमक महोत्सवको उद्घाटन गरेका छन् ।
Discussion about this post