मेचीनगर, २ फागुन । मेची कृषक बहुमुखी सहकारी संस्थाकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
मेचीनगर-८ स्थित सामुदायिक पोष्ट हार्भेष्टको सभाहलमा मंगलबार आयोजित कार्यक्रममा निर्वाचन समितिले नवनिर्वाचित कार्य समितिलाई सपथ ग्रहण गराएकाे छ।
निर्वाचन समितिका संयोजक धनबहादुर भण्डारीको सभापतित्व तथा सहकारी विज्ञ रमेश पौडेलको प्रमुख आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि पौडेलले सञ्चालक समिति र कर्मचारीको लापरवाहीका कारण नाम चलेका सहकारी बद्नाम बनिरहेको बताए ।
उनले नव निर्वाचित समितिलाई अझ जिम्मेवार भएर सहकारी तथा सदस्यको जीवन बदल्ने अभियानमा लाग्न सुझाव दिए ।
सहकारीले बिउ बिजनको क्षेत्रमा पूर्व क्षेत्रमै पहिचान स्थापित गरिरहेको छ ।
कार्यक्रममा मेचीनगर–५ का वडाध्यक्ष कनकबहादुर कार्की, ८ का वडाध्यक्ष गिरीराज धमला, १५ का वडाध्यक्ष गुणराज भट्टराई, मेचीनगर-८ का वडा सदस्य कुन्दन निरौला, सहकारी संस्थाका संस्थापक अध्यक्ष नारायणबहादुर बस्नेत, अध्यक्षका प्रत्यासी मनोज गौतम, निवर्तमान सदस्य सुनिता अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
निर्वाचन समितिका सदस्य नरेन्द्रकुमार पाठकले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका व्यवस्थापक दीपक काफ्लेले गरेका थिए ।
सहकारी संस्थाको माघ २३ गते सम्पन्न निर्वाचनबाट पुनः हरिबहादुर बुढाथोकी अध्यक्षमा सर्वसम्मच चयन भएका थिए ।
१३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटा, सदस्यहरुमा सूर्य अधिकारी, साजना श्रेष्ठ, कमल थापा, माधव आचार्य, रुपसागर अधिकारी, श्यामलाल दाहाल, ऋषिप्रसाद निरौला, भवनाथ दाहाल, देवीबहादुर खड्का, नैनकला खत्री राउत र धर्मकला कोइराला सर्वसम्मत चयन भएका थिए ।
त्यसैगरी लेखा सपुरीवेक्षण समितिको संयोजकमा कमलप्रसाद बाँस्तोला, सदस्यहरुमा शान्ति चौधरी र हेमप्रसाद कोइराला चयन भएका थिए ।




Discussion about this post