मेचीनगर, २ फागुन । मेचीनगर-५ काे बालकल्याण माविले स्वर्ण महाेत्सवकाे अवसरमा एक जना उत्कृष्ट शिक्षक र अभिभावकलाई सम्मान गरेकाे छ ।
आज स्वर्ण महाेत्सवकाे अवसरमा विद्यालयले शिक्षक शान्तलाल माझी र अभिभावक सीता निराैला भट्टराईलाई यस वर्षकाे उत्कृष्ट घाेषणा गरिएकाे छ ।
विद्यालयले फागुन २ र ३ गते स्वर्ण महाेत्सव मनाइरहेकाे छ । बुधवार एक कार्यक्रमकाे आयोजना गरेर विद्यालयले उनीहरूलाई सम्मान प्रदान गरेकाे छ ।
त्यसैगरी, विद्यालयले संस्थापक, पूर्व शिक्षक, विद्यार्थी, चन्दा दाता, समाजसेवी लगायत दर्जन बढी व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
यसअघि विद्यालयले आन्तरिक खेलकुद प्रतियोगिता आयोजना गरेर विजेता विद्यार्थीहरूलाई पुरस्कारसहित प्रशंसा पत्र वितरण गरेकाे थियाे ।
कार्यक्रमकाे प्रमुख अतिथि मेचीनगर-५ का वडाध्यक्ष कनकबहादुर कार्की रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथ कार्की , समाजसेवीहरू हरि बुढाथोकी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तीलकचन्द सुब्बा, पूर्व प्रधानाध्यापक विष्णुनारायण श्रेष्ठ, अक्षयकाेष दाता ज्याेतिप्रकाश पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बालकल्याण मावि व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र गिरीकाे अध्यक्षता, स्वागत सहायक प्रधानाध्यापक राजिव गिरी र सञ्चालन शिक्षक कुलमणि भण्डारीले गरेका थिए ।
विहीबार स्वर्ण महाेत्सवकाे समापन रहेकाे छ । समापनकाे प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा रहने छन् ।
यसैबीच पूर्व विद्यार्थी समाजले भाेलि पूर्व शिक्षक एवम् समाजसेवी अन्नतकुमार दाहाललाई उत्कृष्ट सम्मान गर्ने भएको छ ।
यसैगरी विद्यालयका २४ जना पूर्व शिक्षक-शिक्षिकालाई समेत सम्मान गर्ने भएको पूर्व विद्यार्थी समाजका अध्यक्ष नवराज सुवेदीले जानकारी दिए ।
Discussion about this post