१७ माघ २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जीवन बचाइदिन चुनादेवी सुवेदीको अपिल

फाल्गुन ७, २०८०, ३:१६ .सोमवार
0
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ७ फागुन । आर्थिक अभावले पूर्ण रुपमा उपचार नपाएर हस्पिटलको वेडबाट बाहिरिन बाध्य भएकी चुनादेवी सुवेदीले सहयोग गरेर आफ्नो जीवन बचाइदिन अपिल गरेकी छ्न् ।

शल्यक्रिया गरेको देब्रे हातमा इन्फेक्सन हुँदा २० लाख भन्दा बढी खर्च भएपनि थप औंषधिसहित उपचारका लागि आर्थिक सहयोग जुटाइदिन सुवेदीले अपिल गरेकी हुन् ।

‘उपचार चलिरहेको थयो । हातको हड्डीमा इन्फेक्सन भएकाले उपचारमा संलग्न चिकित्सकले पनि नजान भनेको थियो, के गर्नु आफुलाई चिने जानेकाहरुले गरेको सहयोगले नपुगेर करिव १८ लाख ऋण नै गरिसके । त्यो रकमले नपुग्ने भएपछि ६ पटकसम्म शल्यक्रिया गरेको सिथिल शरीर लिएर हस्पिटल कक्षबाट आइतबारदेखि बाहिरे’, भाबुक हुँदै सुवेदीले भनिन् ।

इलामको देउमाई–२ स्थित कोठामा बस्दै आएकी सुवेदी गत साउन २६ गते शुक्रबार दिउँसो ढोकामा लगाएको पर्दा निकाल्न मुढामा चडेकी थिइन् । मुढामा खुट्टा चिप्लिएर लडेपछि उनी अचेत भइन् । रक्तपात अवस्थामा भुइमा लडेको देखेर छिमेकीले फिक्कल स्थित स्वास्थ्य केन्द्रमा पुर्याएका थिए ।

त्यहाँ सामान्य उपचारपछि झापाको बिर्तामोड स्थित बिर्तासिटी हस्पिटलमा पुग्दा उनको होस आएको थियो । भाँचिएको हात र आर्थिक अवस्था बुझेर ब्याण्डेज गरेपछि बिर्तासिटीले विराटनगर स्थित नोबेल हस्पिटलमा रेफर गरिदियो ।

‘नोबेल हस्पिटलले भाँचिएको हातमा शल्यक्रियापछि स्टिल राखेर उपचार गरेको थियो’, सुवेदीले भनिन्–‘उपचारपछि घर फर्के । ७ वर्षको छोरालाई पालनपोषण रेखदेख गर्नै पर्यो । पहाडको ठाँउमा जोगिएरै सकेको सामान्य काम गर्दै थिएँ । हस्पिटलले ३ महिनामा स्टिल खोल्न भनेको थियो । आर्थिक अभावले समयमै स्टिल खोल्न सकिँन ।’

हातमा सिलाई गरेको ठाउँमा फोका हुँदै घाउँ निस्किन थाल्यो । स्थानीयले गरेको आर्थिक सहयोगको भरमा नोबेल हस्पिटल पुगेर स्टिल निकाले पनि हातमा इन्फेक्सन बढेको थियो ।

स्टिल निकालेपछि घाउँ दुख्न थाल्यो भनेपछि बिर्तामोड स्थित मानव सेवा केन्द्रका प्रोपाइटरको दाजुभाईले झापाको बीएण्डसी हस्पिटलमा उपचारका लागि भर्ना गरिदिएका थिए । हस्पिटलमा एमआरआई गर्दा हातबाट इन्फेक्सन फैलिंदै शरीरमा पुगेको उपचारमा संलग्न डाक्टरको भनाई छ ।

उपचारका क्रममा माइती पक्ष, घरछिमेकी, नातागोता, विद्यालय, वडा कार्यालय वा चिनेजानेका सबैको सहयोग र ऋण गरेको २० लाख भन्दा बढी रकम पटक–पटक गरी हस्पिटल र मेडिकललाई बुझाएको उनको भनाई छ ।

उनका अनुसार स्वास्थ्योपचार पूर्ण पनि भएको छैन । मेरो उपचारमा आर्थिक सहयोग गरिदिन सबैलाई अनुरोध छ । ४ पटक शल्यक्रिया भयो । हातको हड्डीमा धेरै संक्रमण फैलिएकाले हड्डी खिइँएर सानो भएकाले कम्मरको हड्डी निकालेर नहाली नहुँने चिकित्सकले सल्लाह दिएका छन् । बाँचेर केही गर्ने योजना बुन्दाबुन्दै यो अवस्थामा पुगें ।

केही वर्षअघि भारत पलायन भएका चुनादेवीका श्रीमान् चन्द्रप्रसाद ढुंगेल हालसम्म सम्पर्कबिहिन छ्न् । ७ वर्षको छोरासँग भाडाको कोठामा गुजारा चलाउँदै आएकी चुनादेबीको माइतीतर्फ आर्थिक अवस्था कमजोर भएकै कारण सहयोगको यचना गरेको उनको भनाई छ ।

दुई वर्षअघि करार दरबन्दीमा स्थानीय कृष्ण शर्मा सेकेण्डरी स्कुलमा शिक्षण पेशा आवद्ध चुनादेबीलाई विद्यालयले २५ हजार र वडा कार्यालयले १० हजार आर्थिक सहयोग गरेको थियो ।

दैनिक १ हजार पर्ने एउटा ट्याबलेट र भारतीय रुपैयाँ ७२ सय पर्ने एउटा इन्जेक्सन निरन्तर ३ महिनासम्म खानु र लगाउनु पर्ने औषधि लेखिदिएको छ । औषधि किन्ने सामर्थय छैन । अब मैले कसरी जुटाउँनु ? प्रश्न गर्दै सबैले आर्थिक सहयोग गरी मलाई बचाइदिन अपिल गर्दछु ।

उनले एक्सेल डेभलपमेन्ट बैकको शाखा इलामको खाताको नाम चुनादेवी सुवेदीको एकाउन्ट नम्बर (००२०१२०००१५०७५०००००१) र (फोन पे नं.) ९८६९८५५१५० मा आर्थिक सहयोग गरिदिन आग्रह गरेकी छन् ।

पछिल्लो समाचार

स्वतन्त्रसहित ३९ जनाको उम्मेदवारी दर्ता

अघिल्लो समाचार

विवादकाबीच मेचीनगरमा युवा संघको सपथ ग्रहण

Related Posts

‘झापा गोल्डकप’ माघ २४ गतेदेखि
banner -2

‘झापा गोल्डकप’ माघ २४ गतेदेखि

माघ १७, २०८२, ९:५५ .शनिबार
प्रशासनले रोक्यो रास्वपाको घरदैलो कार्यक्रम
banner -1

प्रशासनले रोक्यो रास्वपाको घरदैलो कार्यक्रम

माघ १७, २०८२, ९:१७ .शनिबार
‘आचारसंहिता पालना नगरे उम्मेदवार विरुद्ध उजुरी परे कारवाही हुन्छ’
banner

‘आचारसंहिता पालना नगरे उम्मेदवार विरुद्ध उजुरी परे कारवाही हुन्छ’

माघ १७, २०८२, ९:०२ .शनिबार
रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण
banner

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण

माघ १५, २०८२, ४:४६ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.